लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर हुने गरेको पाइएको छ । सातवटा प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्युदर धेरै हुने गरेको हो ।
बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं. –४ मा जन्मदर्ता अभियान सुरु गरिएको छ । जन्मदर्ता नभएर पढाइ छुटेका बालबालिकालाई घरमै जन्मदर्ताको प्रमाणपत्र दिने उद्देश्यले यो जन्मदर्ता अभियान सुरु गरिएको हो ।
नेपालमा हेमोफिलिया 'रक्तस्राव'का बिरामीको अवस्था निकै दयनीय छ । वीर अस्पतालका रक्तरोग तथा रक्तक्यान्सर रोग विशेषज्ञ डा. नीरजकुमार सिंहले हेमोफिलियाका बिरामी आजीवन उपचारमा बस्नुपर्ने भएकाले उहाँहरूको जीवन अत्यन्त कष्टकर हुने बताउनुहुन्छ ।
तीन हजार ४७० मिटरकाे उचाईमा अवस्थित चाररातेमा सम्पन्न पुरुष फुटबल प्रतियोगितामा भारतको मानेभञ्ज्याङ क्लव, दार्जिलिङले पहिलो भएको छ ।
रत्न राजमार्गको नेपालगन्जदेखि सुर्खेत वीरेन्द्रनगर उपत्यका जोड्ने प्रमुख राजमार्गलाई व्यवस्थित बनाइने भएको छ । सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति हुन सकिरहेको थिएन ।
कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट आइतबार बसेको बैठकबाट सहमति जुटेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीन तहको सरकार खारेज गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा अस्थायी काठेपुल लगाएर हिउँद मौसममा यातायात सञ्चालन गरिँदै आएको छ ।
गाउँको तीन तर्फ खोला छन् । खोलामा पानी पनि प्रशस्त छ त त्यही खोला बीचमा रहेको गाउँ सुख्खा छ । दाङको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुरको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ खोला र उत्तरमा राप्ती नदी बगेको छ ।
पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूमा नेपाली सेनाको टोलीले पदयात्रा सुरु गरेको छ । ऐतिहासिक स्थलको संरक्षण र राष्ट्रिय एकताको सन्देशसहित सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक स्थलहरूमा पद यात्रा सुरु गरेको हो ।
बाँके जिल्लाको अति नै दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएको छ ।
चापाकोट नगरपालिकाले भेडाबाख्रामा निःशुल्क पीपीआर खोप लगाएको छ । मान्छेमा जस्तै बाख्राहरूमा पनि ज्वरो आउने, नाकबाट सिँगान बग्ने र पखाला लाग्ने रोगबाट बचाउन पीपीआर खोप घरपालुवा भेडाबाख्रामा लगाइएको हो ।
छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । निधन हुनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कोरोना सङ्क्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरू सङ्ख्या बढ्न थालेको छ । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमित बढिरहेका छन् ।