• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड र एमाले केन्द्रीय सचिव लेखराज भट्टबीच भेटघाट

blog

दीक्षान्त समाराेहकाे लागि कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र एमाले नेता भट्टबीच भेटघाटपछिकाे तस्बिर । तस्विर–प्रधानमन्त्रीकाे निजी सचिवालय

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गर्नुभएको छ ।

कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयका दीक्षान्त समारोहको लागि त्यहाँ पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टसँग भेटघाट गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भन्नुभयो,  'यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो ।