नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न जाने नेपाली टोलीको विदाइ गरेको छ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिकाबाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा नमुना झोलुङ्गे पुल निर्माणको चरणमा रहेका छन् ।
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमने फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।
सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ ।
एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) राति टिमोर लिस्टेसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले कतारको दोहामा टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल प्रेस यूनियन कपिलवस्तु शाखाले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा बालगृहका असहय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणाराख्ने क्रममा सांसद कर्णले निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाली नागरिकका सन्तान राष्ट्रविहीनताको अवस्थामा बाच्न विवश भएको बताउनुभएको छ ।
सुनसरीमा महिनावारी स्वच्छता दिवसको अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रम भएको छ । जिल्लाको सदरमुकाम इनरुवामा साझेदारी नेपालले विभिन्न स्थानमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले हाजिरीजवाफ, अन्तरक्रिया र फोटो प्रदर्शनी सम्पन्न गरेको हो ।
काठमाडौं, जेठ १४ गते । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको फिल्मले २ लाख नगदसहित पुरस्कार जितेको हो ।२० फिल्ममध्ये सुरेन्द्र प्रजापतिको ‘शुन्य’ दोस्रो र राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो भएको थियो । शर्मा क्रिएसनको ‘अछोप’ले सान्तवनामा चित्त बुझाएको थियो । उनीहरुले क्रमशः १ लाख ५० हजार, ५० हजार र २५ हजार रुपैंयाँ प्राप्त गरे । विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र दिएको थियो ।निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरिएकाे थियाे ।प्रतियोगिताको जुरीमा कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह–सचिव फणिन्द्र गौतम, निर्माता, निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल थिए ।
नव निर्वाचित गाउँपालिका उपप्रमुख धाना धामीले महिला हिंसा नियन्त्रण गर्ने बताउनुभएको छ । बैतडीको सिगासमा मदिराका कारण महिलामाथि घरेलुहिंसा बढेको बताउनुहुँदै उपप्रमुख धामीले मदिरा नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो ।
धनुषास्थित मिथिला नगरपालिका–११ स्थित शिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडे तारको घेरा लगाउन थालिएको छ ।
गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाई गरेको छ ।
कपिलवस्तुको मायादेवी गाँउपालिकाअन्तर्गत कक्षा ८ का छात्राहरुलाई अध्ययनमा सहजताका लागि साइकल वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कक्षा ८ का ५२ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकामा हरित शहरको रुपमा विकास गर्नको लागि आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको छ ।