नेपाली लेखक सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष नवीनबहादुर श्रेष्ठले सिन्धुका सर्जक, स्रष्टा, लेखकलगायतका साहित्य क्षेत्रको उत्थानमा सङ्घ लागिरहेको बताउनुभएको छ ।
सालझण्डी–ढोरपाटन सडक निर्माण सुरु भएको १३ वर्ष बित्यो । राष्ट्रिय प्राथमिकताको आयोजना अन्तर्गत रहेको यो सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको नौ वर्ष बितिसक्यो ।
नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रूपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ ।
दार्मा गाउँपालिका - ३ फारुलाचौरका ६३ वर्षीय भोटु खत्रीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै दार्माखोला नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो ।
नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा मोरङ शाखाले दुई जनालाई पुरस्कृत गरेको छ । यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ अनलाइन खबरका लागि विराटनगरमा कार्यरत पत्रकार हरि अधिकारीलाई प्रदान गरिएको हो ।
अर्जुन चौपारी गाउँपालिका -३ चिन्नेबासमा अवैध ढङ्गले दरौखोलामा माछा मारेका तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भएको छ ।
झापाको दमकमा विभिन्न जातजातिका परिकारहरूको प्रवर्द्धन गर्न एकदिवशीय खाना तथा खाद्य परिकारको प्रदर्शनी गरिएको छ ।
मजदुरीका लागि भारत गएका बाँके जिल्लाका एक नेपाली नागरिक गत चार महिनादेखि बेपत्ता भएका छन् ।
चौथो बर्दिबास महोत्सव २०७९ सम्पन्न भएको छ । ‘उद्योग व्यवसाय र कलाको विकाश गरौँ, साहित्य संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नारासाथ चैत ३ गतेदेखि सुरु भएको महोत्सव चैत १६ गते समापन भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । मुख्यमन्त्री भइसकेपछि उहाँले चैत १७ गते दोस्रो पटक विश्वासका मत लिनुहुने भएको हो ।
देशभर शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत रुकुम पश्चिममा सम्पूर्ण तयारी पुरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले परीक्षाको तयारी पुरा भएको जानकारी दिएको छ ।
भारतको विभिन्न राज्यमा केही समय यता कोरोना सङ्क्रमण बढे पनि सीमा नाकामा सतर्कता अपनाइएको छैन ।
कोशी प्रदेश नामाकरण गरेपछि सुरु भएको आन्दोलनप्रति ताप्लेजुङका जातीय संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।