बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका –८ मार्तडीवासीको धान फल्ने मार्तडी जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ ।
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ ।
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष विष्णु पौडलले सरकार ढलाउने र बनाउने पक्षमा नरहेको भनाइ राख्नुभएको छ । प्रेस चौतारी, नेपालद्वारा सोमबार साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको भनाइ राख्नुभयो ।
कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाउनुभएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ ।
पूर्वी नवलपरासीको ‘देवचुली डाँडा’ पैदलयात्रामा रुचि हुनेहरूको रोजाइमा पर्न थालेको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सतहदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ ।
आइतबार बेलुका चङ्खेली गाउँपालिका– ४ को पिप्लाङ गाउँ तल पर्ने दर्बी कर्णाली नदीमा एउटा लास भेटिएको छ ।
प्रि मनसुन सुरु भएसँगै देशभर मौसम बदली हुनाको साथै चट्याङ्ग पनि पर्न थालेको छ । नेपाल विश्वमा चट्याङ्ग पर्ने चौथो उच्च जोखिममा छ ।
३१ वर्षदेखि सुरु भएको जिल्लाको सदरमुकाम कावासोतीसँग प्रत्यक्ष जोडिने गरी निर्माणाधीन अवस्थामा रहेको पहाडी लोकमार्ग अहिलेसम्म पनि उचित ढङ्गले स्तरोन्नति हुन नसक्दा स्थानीय चिन्तित छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ ।
ताप्लेजुङमा चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सोह्र जना केन्द्राध्यक्ष तोकिएको छ । जिल्लामा परीक्षा सञ्चालन गर्न निर्धारण भएका १६ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।
पूर्वी नवलपरासीको देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनौटका लागि स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मन्त्रालयका विज्ञ, मन्त्रालय तथा विभागका अधिकारी–कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारिस भएका चार वटा क्षेत्रको अवलोकन भएको हो ।
नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ ।
गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ ।