गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहिद कृष्ण सेन 'इच्छुक'लगायतले देखाएको सपना पूरा हुने दिशामा रहेको बताउनुभएको छ ।क्रान्तिकारी पत्रकार महासंघ र जनसांस्कृतिक महासंघद्वारा संयुक्त रूपमा २० औं सहिद कृष्ण सेन 'इच्छुकु' स्मृति तथा सांस्कृतिक वलिदान दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलिरहेको स्मरण गर्नुभयो ।उहाँले पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागेको सहिद सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।'म अध्यक्ष भए पनि उहाँको कुरा सुन्दा कुनै असाधारण व्यक्तिको दर्शन, विचार, प्रवचन सुनेको जस्तो हुन्छु' अध्यक्ष प्रचण्डले भन्नुभयो, 'उहाँ समाजवादको लागि वलिदान दिएर मर्नुभए पनि हामीसामू सँधै हुनुहुनेछ ।'कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताको लागि वकालत गर्न सँधै लागिपर्ने बताउनुभयो ।सो कार्यक्रममा जनही ५० हजार रूपियाँ नगदसहित कृष्णसेन इच्छुक स्मृति पुरस्कार पत्रकारद्वय महेश्वर दाहाल र गोविन्द आचार्यलाई र जनही २५ हजार रूपियाँ नगदसहित शक्ति तारा स्मृति पुरस्कार पत्रकारद्वय वलराम थापा र लक्ष्मी पुनलाई प्रदान गरिएको छ ।यसअघि सहिद सेनको स्मृतिमा काठमाडौंमा प्रभातफेरि निकालिएको थियो। तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेर सहिद सेनले जनादेश साप्ताहिकका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर पत्रकारिता गर्नुभएको थियो ।उहाँको ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरि’, तथा ‘इतिहासको यस घडीमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् ।सेनलाई २०५८ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएपछि जेठ १३ गते मृत्यु भएको बताइन्छ ।
कोहलपुर–सुर्खेत १३२ केभि हाइटेन्सन प्रशारण लाईन विस्तारमा सङ्घीय सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालय बाधक बन्दा आयोजना समयमै सम्पन्न नहुने भएको छ ।
झापाको मेचीनगर क्षेत्रमा केहिदिन यता लगातर हात्तीको हुल पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको हुल आउन थालेपछि स्थानीय त्रसित हुनु परेको हो ।
मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षहरु सहित वडाध्यक्षहरुले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । मतपरिणाम एकैसाथ नआएकाले जिल्लामा दूई चरणमा प्रमुख तथा अध्यक्षहरुले शपथग्रहण गरेर आफ्नो कार्यभार सम्हाल्न भएको हो ।
प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटको लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।
नेपाल पत्रकार महासंघले सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृती दिवसका अवसरमा दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
काठमाडौं महानगरपालिका प्रमुखमा नवनिर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले महानगरलाई आगामी पाँच वर्षमा विश्वकै उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
कपास विकास समिति खजुराले कपासको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले समितिले खरिद गर्ने कपासको मूल्य प्रतिक्विन्टल एक हजार रुपियाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
प्रथमतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रीय कार्यसमितिदेखि जिल्ला कार्यसमितिसम्मका साथीहरूले मलाई विश्वास गर्नुभयो र उम्मेदवार बनाउनुभयो । दोस्रोमा म विजयी हुने कारण प्रस्ट छ । पाँच वर्ष ललितपुर महानगर प्रमुख र त्यसअघि तीन पटक वडाध्यक्ष भएर काम गरेको छु । ज्यापू समाजको अध्यक्ष भएर काम गरेँ । जिम्मेवारीमा रहे पनि, नरहे पनि सामाजिक काममा दत्तचित्त भएर लागिरहेको छु ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिका सदस्य चिन्तामणि सिवाकोटी र डा. शङ्करप्रसाद आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
बागमती प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।
साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनको असर सरकारी अस्पतालमा परेको छ । शनिबार र आइतबार भएको सार्वजनिक बिदापछि सोमबार खुलेको कोसी अस्पताल विराटनगरमा बिहानैदेखि बिरामीको भीड लाग्दा उपचार र व्यवस्थापन लथालिङ्ग हुन पुगेको छ ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएका वालेन्द्र साह काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भएको छ । निर्वाचित अधिकृतको कार्यालयले उहाँ निर्वाचित भएको घोषणा गरेसँगै प्रमुख वालेन्द्र साहको विजयी उत्सव मनाइएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका द्वन्द्वपीडित परिवारका लागि मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । गठबन्धनतर्फबाट निर्वाचित हुनुभएका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पहभार ग्रहण गर्दै सो निर्णय गर्नुभएको हो । नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका सबै द्वन्द्वपीडित परिवारलाई मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभएको हो ।