शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् भने चार सयभन्दा बढी घाइते भएका छन् ।
उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो ।
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
गल्याङ नगरपालिका ७ मा रहेको पर्यटकीय सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा छ । झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै पुरातात्विक महत्व छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । आइतबार संसद् भवनस्थित ल्होत्से हलमा काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएपछि सुन्दर देखिएको छ । यतिखेर खोप्रालेक वरपर फुरुफुरु हिउँ परिरहेको छ । यसपटक ढिलो गरी हिमपात भएको हो ।
बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ ।
देशभर त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान उल्लासमय तरिकाले भइरहेकाे छ । स्ववियु निर्वाचन १४ वर्षपछि भएको कारणले पनि यस मतदान उल्लासमय भएकाे हाे ।
करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् ।
चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसले सबै तयारी पूरा गरेको छ ।
छ वर्ष अघि ५७ करोड रुपियाँको बजेटमा सुरु भएको सैनामैना नगरपालिकाको चक्रपथ अझै पूरा हुन सकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरमा भएको पूजाको प्रसाद पुर्याइएको छ । सोही क्रममा कुमारी घरकातर्फबाट पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।
पूर्वी नवलपरासी जिल्ला वन डढेलोको उच्च जोखिममा रहेकाले सबै सचेत हुन आवश्यक रहेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन राज काफ्लेले बताउनुभयो ।