• १३ साउन २०८१, आइतबार

कुमारी घरबाट राष्ट्रपति पौडेललाई पूजाको प्रसाद र बधाई ज्ञापन

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरमा भएको पूजाको प्रसाद पुर्‍याइएको छ ।

सोही क्रममा कुमारी घरकातर्फबाट पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने  एकादशीका दिन राष्ट्र प्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याइने परम्परा छ ।

सोही परम्परा अनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिहरूका एक समूहले राष्ट्रपति पौडेलसमक्ष पहिलो पटक कुमारी घरको प्रसाद पुर्‍याइएको हो ।