सप्तरीसहित मधेश–तराईका जिल्लामा यस वर्ष चैत सुरु हुँदै अत्यधिक गर्मी हुन थालेको छ । गएको भदौदेखि वर्षा नभएपछि यस क्षेत्रमा गर्मी हुन थालेको हो ।
उपराष्ट्रपति पदको लागि चैत ३ गते हुन गइरहेको निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ ।
दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् ।
सरकारसँग देशभर ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार देशभरका साना ठूला ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका हुन् ।
पचभैयामा ट्रि–हाउस बनाउनका लागि पर्यटन सम्भावनाका विषयमा छलफल हुँदै गर्दा तलपट्टि एउटा प्वाल भएको जानकारी पाएको विष्टले बताउनुभयो । जानकारी पाएलगत्तै स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र जाँदा गुफा भेटिएको हो ।
सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट कर्मचारी र किसानलाई सम्मान गरेको छ । पालिकाको छैटौं स्थापना दिवसको अवसरमा गाउँपालिकाले दुई कर्मचारी र चारजना किसानलाई नगदसहित सम्मान गरेको हो ।
पाँच महिनासम्म बाढी पहिरोले विस्थापित पीडितकाे व्यवस्थापन नहुँदा पालमा बस्न बाध्य भएका छन् । सरकारको निर्णयअनुसार कर्णालीका जिल्लालगायत मुगु जिल्ला बाढी पहिरो संकटक्षेत्र घोषणा गरे तापनि बाढी पीडितसम्म राहत रकम आइनपुगेकाले समस्यामा परेका हुन् ।
रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेका छैनन् ।
दक्षिणकाली नगरपालिका –२ ग्वालदहस्थित सडकमा बागमती प्रदेश ०१ –००३ क ८६९० नम्बरको गाडीको ठक्करबाट नुवाकोट बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय संदिप तामाङको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पताल भैंसेपाटी ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वाधार विकास कार्यालय, स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माण कार्य थालनी गरेको छ । चालु आर्थिक वर्षका दुई सय ६८ योजना मध्ये २२५ योजना सम्झौता गरी निर्माण थालनी गरेको हो ।
राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशको दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शङ्कास्पद अवस्थामा बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घरबाट हराएको तीन सातापछि बालिकाको शव फेला परेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा पिकअप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–१०, का ३४ दीपक स्याङतानको मृत्यु भएको हो ।
आइतबार बिहान चिशंखुगढी गाउँपालिकादेखि ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ ।