जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडा मध्ये एक जनाले मात्र वडा अध्यक्षमा मात्र महिला निर्वाचित भएका छन् । दुई वटा वडामा उम्मेदवार दर्ता भएपनि एक जनामात्र निर्वाचित हुनुभएको हो ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।
बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीले भने पाठ्यपुस्तक पाउन सकेका छैनन् । खाली झोला विद्यालय पुगेका विद्यार्थीहरु पाठ्यपुस्तकको पर्खाइमा छन् ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । “मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भन्नुभयो ।
नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा विद्युत महशुल संकलन काउन्टर सुचारु गरेको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १२ गते । कमेडी कलाकारले ‘कमेडी हब सो’ सुरु गर्ने हुनुभएको छ । केदार घिमिरे ‘माग्ने बुढा’ले निर्देशन गर्ने उक्त कमेडी सो हब सोमा नाटक, प्रहसन, स्ट्यान्ड अप, प्यारोडी, हाँस्यकवितासहित हाँस्यका सबै विधा समेटिने निर्देशक घिमिरेले जानकारी दिनुभयो । माग्ने बुढासहित राजा राजेन्द्र पोखरेल सुवोध गौतम, हिमेश पन्त, दीपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली ‘लट्टे’, जानुका पौडेल ‘प्याकुली’, दिलीप तामाङ ‘हुरहुर’, खड्गबहादुर पुन ‘खबपु’, प्रभात लामा, सङ्गम राई ‘लब्ली’, नारिया गिरी, राधिका कँडेल, वेदना राई ‘मैना’, सीता न्यौपाने, अनिल राई ‘आम्बो’, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा, दीपेश घिमिरेलगायतको नियमित प्रस्तुति रहनेछ ।
काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले तीन हजार १२४ मत ल्याउनुभयो ।
झापामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी भए पनि पालिकाको नेतृत्वमा भने कम प्रतिनिधित्व भएको पाइएको छ । कुल १५ पालिका रहेको झापा जिल्ला बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेबाट महिला नेतृ पवित्रा महतरा प्रसाई र गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी फूलमती राजवंशी गाउँपालिका प्रमुखमा विजयी हुनुभए पनि झापामा १३१ वडामा एक जना पनि महिलाको प्रतिनिधित्व हुन सकेन ।
काठमाडौं महानगरपालिका वार्ड नम्बर १७ को वडाअध्यक्षमा नेपाली कांग्रेसका नवीन मानन्धर विजयी हुनुभएको छ । उहाँले दुई हजार ७०८ मत ल्याउनुभयो ।
काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार बिहान ७ः४५ बजेसम्म एक लाख ८३ हजार ६७९ मतगणना हुँदा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याउनुभएको छ ।
जिल्ला समन्वय समिति गठनका लागि दैलेखमा कुनै पनि दलको एकल बहुमत नपुग्ने भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा दुई नगरपालिकाका प्रमुख/उपप्रमुख, दुई गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा एउटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी कुल १० वटा प्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।
मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म१ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
स्थानीय तहको निर्वाचनका बेला मतदानमा सहभागी हुन आआफ्ना घर आएका सडक मजदुर निर्वाचन सकिएपछि काममा फर्किएका छन् । मजदुर घर आएपछि रोकिएको सडक निर्माणको काम निर्वाचन सकिएकाले सुुचारु हुँदा कामदार साइटमा फर्किएका हुन् । कर्णाली कोरिडोरको खार्पुदेखि लालीबगरखण्डको बोक्चे गौँडामा काम गर्दै आएका खार्पुनाथका मजदुर पर्वते विकले निर्वाचनले गर्दा केही दिनका लागि रोकिएको सडक निर्माणको काम सुुचारु भएकाले काममा फर्किएको बताउनुुभयो । बोक्चे गौँडामा २५ जना कामदारले सडक निर्माणको काम गर्दै आएका छन् । मजदुर विकले निर्वाचन सम्पन्न भएपछि रोजगारीका लागि पहिलेबाटै गर्दै आएको काममा रातदिन खटिन सुुरु भएको बताउनुभयो ।
सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई यात्रुले टिकट नपाएर सास्ती खेप्नुपरेको छ । तारा एयरले दिनमा एक उडान मात्र भर्ने र अन्य एयरलाइन्सले उडान नै गर्न छोडेपछि यात्रु मर्कामा परेका हुन् । चुनावका बेला दुई हजारभन्दा बढी मतदाता आएका थिए । मत हालिसकेपछि उनीहरू आआफ्नो गन्तव्यमा फर्कने तयारी गरेका बेला टिकट नपाएर बिचल्ली भएका हुन् । जेठ ३ गतेदेखि टिकट नपाएर रोकिएका यात्रु कालीबहादुर रोकायाले लोकसेवाको परीक्षासमेत छुट्न लागेको गुनासो सुनाउनुभयो ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । निर्वाचन आयोगका अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा आठ, उपप्रमुख वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौवटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारू समुदायको बसोवास नरहेका कारण दुई पालिकामा यो जातिको जनप्रतिनिधि छैनन् । सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो ।