रौतहटको गौरमा फागुन ४ गते विष्णु महायज्ञका आठौं दिन दर्शनार्थी भक्तजनको भीड लागेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उहाँ साे कुरा बताउनुभएको हो।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सफल नभएपछि १३ औं पटक सो अभियान सञ्चालन गरिन लागेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरको प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि बराह मन्दिरको उद्घाटन गर्नुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रूपमा संसद् चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानुनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले विपन्न परिवारको घर निर्माण गरी दिएको छ । गाउँपालिकाले पालिकाभित्रका अति विपन्न परिवारको पहिचान गरी घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बत्ताउनुभएको छ।
कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको हेटौँडा उपमहानगरपालिका १ मा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । हेटौँडा अस्पताल परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले ७० शय्याको अस्पतालको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्नुभएको हो ।
काठमाडौंमा सवारी चाप व्यवस्थापनका लागि थप तीन ठाउँमा फ्लाई–ओभर निर्माणका लागि अध्ययन भइरहेको छ । अहिले बनिरहेको ग्वार्कोमा बाहेक अन्य तीन ठाउँमा पनि फ्लाई–ओभर निर्माणको काम अघि बढाउन अध्ययन भइरहेको सडक विभागले जनाएको हो ।
गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक वृद्धको मृत्यु भएको छ । मंगलबार ‘मर्निङ वाक’ हिँडेको समयमा चितवन निकुञ्जबाट आएको गैँडाले आक्रमण गर्दा रत्ननगर नगरपालिका–९ लालपर्साका ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु हो ।
अवैध रूपमा भारत बाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ बेदर्मीबाट हुँदै भित्रिएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नष्ट गरेको हो ।