सञ्जय कुमार मिश्र
गौर, फागुन ११ गते । रौतहटको गौरमा फागुन ४ गते विष्णु महायज्ञका आठौं दिन दर्शनार्थीकाे भीड लागेको छ ।
नौतले विशाल मण्डप तथा ५१ कुण्डीय महायज्ञमा भारतीय क्षेत्रदेखि भक्तजन सहभागी भएको महायज्ञ समितिका अध्यक्ष पवन साहले बताउनुभयो ।
अयोध्याका सन्त श्री रामअनुग्रहदासजी महाराजको पहलमा कलश यात्रा निकाली महायज्ञ शुरुवात भएको उहाँले जानकारी दिनुभयो ।
महायज्ञमा २४ घण्टा अखण्ड रामधुन, विद्वान् आचार्यद्वारा पूजापाठ, हवन, जप र भजनकीर्तनलगायतका कार्यक्रम भइरहेका छन् ।