गैरआवासीय नेपाली सङ्घले संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोमा पु¥याउने नेपाल सरकारको प्रतिबद्धताको स्वागत गरेको छ ।
काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५६ हजार १४८ मत ल्याउनुभएको छ।
काठमाडौं, जेठ ११ गते । अनुप बरालको निर्देशनमा बनेको फिल्म 'दोख' को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टोलीले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै असार २४ गतेबाट प्रदर्शनमा आउने जानकारी गराउनुभएको हो । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा राजन कटैतले लेख्नुभएको हो । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा हुनुहुन्छ ।शैलेन्द्र डी कार्कीको छायांकन गर्नुभएको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो ।फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा विजयी भएका आफ्ना पार्टीका उम्मेदवारहरूलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुक्रबहादुर राईले एक्लो अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुक्रले बुधबार ६ अन्डर ६६ खेल्नुभयो ।
समाजसेवी हरिप्रसाद पन्तको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीस्थित नोभा हस्पिटलमा उपचार गराइरहेका पन्तको मङ्गलबार साँझ उपचारका क्रममा निधन भएको हो ।
ताप्लेजुङको फुङलिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर कार्यपालिका सदस्य चयनका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नीतिगत रुपमै एक वर्षका लागि विभिन्न सुविधाहरु दिने निर्णय गरेको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले एक वर्षसम्म अवतरण शुल्क, सुरक्षा शुल्क, सञ्चार शुल्क र उड्डयन सेवा शुल्कहरुमा शतप्रतिशत छुट दिने निर्णय नागरिक उड्डयन प्राधिकरणले गरिसकेको जानकारी दिनुभयो ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनमा जननिर्वाचित प्रतिनिधिसहित प्रशिक्षण गर्ने निर्णय गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषद्ले ७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताउनुभएको छ ।
एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कतारको दोहामा टिमोर लिस्टे र ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली टोली थप तयारीको लागि बुधबार (आज) साँझ दोहा प्रस्थान गर्दैछ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ६ पिपरी का ७ वर्षीय रिजवन मोहम्मदको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, जेठ ११ गते। सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना” को नेतृत्वमा महिलाका समसामयिक मुद्दाबारे सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार कांग्रेस केन्द्रीय सदस्यले सानेपास्थित बीपी स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन्। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य उपाध्यायले स्थानीय निर्वाचनमा महिलाको संख्या कम, लैङ्गिकमैत्री बजेट, मूल्यवृद्धिले आम उपभोक्ता, महिला र गृहिणीमा परेको असर एवम् विद्यमान परिप्रेक्षमा महिलाका विभिन्न सवालबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने बताउनुभयो।“गठबन्धनमा २२ प्रतिशत महिला आएको भन्ने देखिन्छ, संविधान अनुसार प्रमुख वा उपप्रमुखमा एक महिला र एक पुरुष भन्ने आवाज उठाएका थियौं”, उहाँले भन्नुभयो, “अहिले हामीले त्याग गरेको र भोलि यसको क्षतिपूर्तिसहित लिन्छौं भन्ने विचार राखेका छौं।” यसबाट अहिलेको कानून फितलो रहेको निष्कर्ष आफ्नो रहेको उहाँको भनाइ छ। बजेट र प्रस्तुत भइसकेको नीति तथा कार्यक्रम पनि महिलामैत्री, समावेशी र समानुपातिक हुनुपर्ने विषयमा संशोधनका विषय संसदमा क्रमागत छलफलको क्रममा उठाइने उहाँले बताउनुभयो।भर्खरै, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा महिलाको संख्या घट्नुको कारण र आगामी संसदीय निर्वाचनमा समानुपातिक सहभागिताको विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाइने उहाँले बताउनुभयो।