• १३ साउन २०८१, आइतबार

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वसकाे मत दिने

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनीत

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत ५ गते । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनीत गरिएको बताउनुभयो ।

बैठकले चार उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ । यो सर्वसम्मत निर्णय हो । केन्द्रीय सचिवालय सदस्यको सङ्ख्या १९ गरिएको छ । हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । अबबाट सत्ता पक्षमा बस्ने निर्णय गरिएको छ । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुङ्गो भइसकेको छैन ।’ 

उहाँले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले सरकारमा जाने वा नजाने भन्नेबारेमा टुङ्गो भई नसकेको स्पष्ट पार्नुभयो ।