अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीसँग कुराकानी गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडित बसेको स्थानमा पुग्नुभएको छ । उहाँ त्यहाँ मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणको लागि चिकित्सकसहित भेट्न जानुभएको हो ।
सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटी धन्यवाद दिएका छन्।
लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीका व्यवसायीले व्यापार तहसनहस भएको भन्दै नेपाली अर्थतन्त्रलाई तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।
धौलागिरि बहुमुखी क्याम्पस बागलुङले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार बिहान बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबैको सहभागिता हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्व चयन गरेको हो ।
योजनाबद्ध विकासको लागि बागलुङको जैमिनी नगरपालिकाले विषयगत विज्ञ सम्मेलन गरेको छ । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विज्ञहरूको सम्मेलन गरेको हो ।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको स्वास्थ्य परीक्षण एक सय महिलामा गरिएको छ ।
कैलालीको धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लब भिड्दैछन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले क्षयरोग निवारणमा सबैको चासो आवश्यक रहेको बताउनुभएको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका दुर्गम बस्तीमा केही वर्ष यता सडक पुगेसँगै यहाँका स्थानीयको जीवनशैलीमा परिवर्तन हुँदै आएको छ ।
ताप्लेजुङमा हिजोआज बेमौसमी हिमपात भइरहेको छ । पछिल्लो केही दिनयता दिनहुँजसो वर्षा हुने र वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहने गरेको हो ।
ताप्लेजुङमा कोदो, फापरजस्ता रैथाने बालीको उत्पादनबाट तयार हुने परिकारको उपभोग बढाउनुपर्नेमा जोड दिइएको छ ।
लहान–५ बलुवाटोलका दलित बस्तीमा शौचालय निर्माण हुनुअघि खुटी खोलामा खुल्ला शौचालय गर्न बाध्यता थियो ।
झापाको सबैभन्दा धेरै हात्ती प्रभावित क्षेत्रको रूपमा चिनिएको बाहुणडाँगीमा ‘किसानको हात, वडाको साथ’ कार्यक्रम सुरु गरिएको छ ।