• ६ जेठ २०८१, आइतबार

उपाधिका लागि मनाङ मर्स्याङ्दी र थ्रीस्टार आज भिड्दै

blog

ट्रफीको साथमा दुवै टिमका कप्तान ।

अविनाश चौधरी

धनगढी, चैत १८ गते । कैलालीको धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लब भिड्दैछन् । 

धनगढीस्थित क्षेत्रीय रङ्गशालामा अपराह्न ४ बजे फाइनल खेल आयोजना हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जानकारी दिएको छ । प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । 

उपाधि भिडन्तमा पुगेको दुवै टोली ए डिभिजन लिग खेल्ने क्लब हुन् । मनाङले केही दिन अगाडि मात्रै तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो । गोल्डकपको उपाधि जितको शृङ्खलालाई निरन्तरता दिने गरी सो टोली फाइनलमा उत्रनेछन् ।

त्यसैगरी, स्टार खेलाडीले भरिएको थ्रीस्टार पनि खप्तड गोल्डकपको उपाधि लिएर धनगढीबाट फर्कने रणनीतिका साथ मैदानमा उत्रनेछ । मनाङले विदेशी टोली एभेनियर क्लब क्यामरुन र थ्रीस्टारले आयोजक सुदूरपश्चिम–११ लाई पराजित गरी फाइनल यात्रा तय गरेका थिए ।