अफगानिस्तान, चैत २१ गते । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट आईएसविरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् ।
बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन् । अफगान सुरक्षा बलले सोमबार राति नहर–ए–सही जिल्लामा आईएसविरुद्ध कारबाही गरेको थियो ।
गत वर्ष अफगानिस्तानमा भएका केही घातक बम विस्फोटको जिम्मेवारी लिएको आईएसले उसका लडाकाविरुद्ध गरिएको सैन्य कारबाहीबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
अफगान कार्यवाहक प्रशासनले सशस्त्र विपक्षीहरूलाई ठेगान लगाउने प्रतिबद्धता व्यक्त गर्दै आईएस सङ्गठनलाई सुरक्षा खतराको रूपमा अस्वीकार गरेको छ । –रासस / सिन्ह्वा