• १३ असोज २०८१, आइतबार

ताप्लेजुङमा दुई शव फेला

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २० गते । ताप्लेजुङमा दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा उक्त शव फेला परेको हो । 


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोला किनारमा रौतहट, चन्द्रपुर नगरपालिका–१ का ३६ वर्षीय विशाल थापाको शव भेटिएको हो । 


सोमबार बिहान खोला किनारमा मृत फेला परेका थापा काबेली–३ जलविद्युत जलविद्युत आयोजनाको एक्स्काभेटर चालक भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । 


यस्तै, फुङ्लिङ नगरपालिका–२ देवलिङ्गेका ३४ वर्षीय कुमार बिक नजिककै सिम्ले सडक खण्डमा मृत भेटिएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफन्त आएपछि थापाको शव पोष्टमार्टम पक्रिया अघि बढ्ने छ भने विकको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।