सरकारले मङ्गलबार र बुधबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ६ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख मा नेपाली कांग्रेसले संविधानसभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । उहाँको नाम सिफारिस गरेको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले गोरखापत्रलाई जानकारी दिनुभयो ।खानले निर्वाचन जित्ने आधार भएकाले टिकट दिइएको काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले बताउनुभयो ।उम्मेदवार खान केही वर्ष अघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खाणले बताउनुभयो ।यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस भैसकेको छ । यता, राप्रपाले भने पूर्वमेयर सागरप्रताप राणाको नाम लगभग फाइनल गरिसके पनि घोषणा गरेको छैन ।
पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बिहान साढे ११ बजे तय भएको बैठक दिउँसो २ बजेसम्मकाे लागि स्थगित भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गाेविन्द परियारले प्रधानमन्त्रीकाे अन्य कार्यक्रम परेकाले बैठक दिउँसो २ बजे सरेकाे जानकारी दिनुभयो ।
रेखीराम रानापाल्पा, वैशाख ६ गते । नेकपा (एमाले)ले जिल्लाको चारवटा पालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । तिनाउ, रैनादेवी छहरा, माथागढी र बगनासकाली गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको एमाले पाल्पाले जनाएको छ ।एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेका अनुसार जिल्लाको रैनादेवी छहरामा अध्यक्षमा रामबहादुर राउत र उपाध्यक्षमा गीता घिमिरे र माथागढीको अध्यक्षमा यमबहादुर चिदी, तिनाउको अध्यक्षमा प्रेम श्रेष्ठको नाम सर्वसम्मत सिफारिस भएको छ । पाल्पाका दश वटा पालिकामध्ये बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरि पाठकको नाम सिफारिस भएको छ । एमालेले पाल्पाका दश वटा पालिकामध्ये चार वटा पालिकामा अध्यक्षसहित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको नाम टुङ्गो लगाएको जनाएको छ । बाँकी छ वटा पालिकामा पनि प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउने क्रम जारी रहेको छ । चार वटा पालिकामध्ये एमालेले एउटा पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको पार्टीका जिल्ला उपाध्यक्ष दवीलाल लामिछानेले बताउनुभयो । एमालेले जिल्लाभर नै सहमतिको आधारमा उम्मेदवार टङ्गो लगाउने जनाएको छ । जिल्लाको निस्दी, रम्भा, पूर्वखोला, रिब्दीकोट गाउँपालिका र तानसेन र रामपुर नगरपालिकामा भने प्रमुख पदमा दुईभन्दा बढी नेताहरू उम्मेदवार बन्न आकाङ्क्षी देखिनुभएको छ । वि.सं २०७४ सालको निर्वाचनमा एमालेले तिनाउ, तानसेन, रम्भा, पूर्वखोला, निस्दी र रिब्दीकोट गाउँपालिका जितेको थियो ।
हरिप्रसाद कोइराला उर्लाबारी, वैशाख ६ गते । मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् । देशको प्रमुख औद्योगिक नगर तथा प्रदेश नं. १ को राजधानीमा अहिलेसम्म यस्तो अवस्था छ । रतुवामाई नगरपालिका वडा नं. ३ को दक्षिण पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ४ मा अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिममा पर्ने पिढालीसम्म पुग्नु बाध्यता छ । मिर्चाडाँगीमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । पिढाली पुग्न बालबालिकालाई धेरै गाह्रो छ । वर्षमा दुई महिना रतुवा नदीमा आएको बाढीले विद्यालय जान पाउँदैनन् । रतुवा नदीको बगर मात्र छ सय मिटर हिँड्नुपर्छ । चैत वैशाखमा चल्ने हावाहुरीले आँखामा बालुवा हालिदिन्छ । पिढालीको भानु आधारभूत विद्यालयमा कक्षा ४ मा पढिरहेकी शीतलकुमारी गनगाईंले भन्नुभयो, ‘गाउँमा विद्यालय छैन, खोलामा बाढी आउँदा विद्यालय जान पाइँदैन । विद्यालयबाट फर्किँदा ठूलो बाढी आएर घर जान पाएका छैनौं ।’ निशाकुमारी हरिजनले भन्नुभयो– ‘वर्खाको बेला विद्यालय जान पाइँदैन । अरु बेला धुलो र हिलोले दुःख दिन्छ । रतुवाको बगरैबगर ४० मिनेट हिँड्न गाह्रो छ । अझ चैत वैशाखको घाममा घर पुग्दा गलेर भुतुक्कै भइन्छ ।’ मिर्चाडाँगीबाट १२/१३ जना विद्यार्थी खोला तरेर पिढालीमा पढ्न आउँछन् । सीमाकुमारी गनगाईंले भन्नुभयो –‘हामीलाई विद्यालयले छात्रावासको व्यवस्था गरिदिए राम्रो हुने थियो । अर्की छात्रा प्रियङ्का गनगाईंले विद्यालय टाढा भएकोले मिर्चाडाँगीका बालबालिकाले बीचैमा पढ्न छोड्ने गरेको बताउनुभयो । रतुवापारीको मिर्चाडाँगीको पूर्व र दक्षिणमा भारत पर्छ । नेपाल भारतको दशगजा सीमाबाट ४० फिट उत्तर पश्चिमको मिर्चाडाँगीबाट झापा पुग्न भारत टेक्नै पर्छ । पश्चिमतर्फ रतुवा नदी पर्छ, रतुवामा पुल छैन । जसले गर्दा उनीहरू वर्षको तीन महिना नेपालसँग सम्पर्कविहीन जस्तै हुन्छन् । मिर्चाडाँगीका गान्धीप्रसाद सिंहले भन्नुभयो– ‘हामी यहाँ एक सय १५ घर धुरी छौँ ।’ मिर्चाडाँगीको सबैभन्दा पूर्व दक्षिणको गाउँमा जनप्रतिनिधि आएपछि मात्र विजुली बल्यो । हरिजन(दलित) बस्ती रहेको उक्त स्थानमा १३ घर परिवार बस्दै आएका छन् । उनीहरूको घरबाट भारतको दशगजा २० फिट पूर्व –दक्षिण छ । जनप्रतिनिधि आएपछि बल्ल सशस्त्र प्रहरीको सीमा प्रहरी कार्यालय स्थापना भएको छ
दीपा चाैधरीकाठमाडौं, वैशाख ६ गते । स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीको सङ्ख्या अपुग भएपछि म्यादी प्रहरीको माग गरी अहिले खटाइएको छ । यस्तो अवस्थामा केन्द्रीय कारागार सुन्धारा, नख्खू र सदरखोर डिल्लीबजारमा सुरक्षाको जिम्मा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी बल र नेपाली सेनालाई पनि दिइएको छ ।प्रहरी नायब उपरीक्षक तथा कारागार सुरक्षा प्रमुख लोकबहादुर गुरुङका अनुसार नेपाल प्रहरीले कारागारबाट कैदी भाग्न नदिन सुरक्षित व्यवस्थापनकाे काम भैरहेकाे छ । बन्दीहरुको क्रियाकलाप तथा निगरानी गर्ने क्रममा तीन वटै जेलभित्र आवश्यकतानुसार रमन डियूटी खटिने गरेको छ । रातको समयमा तीन सिफ्टमा चेकिङ टोली खटिन्छ । कारागार प्रशासनको आदेशानुसार कैदीबन्दीहरुलाई अड्डा अदालत तथा औषधि उपचारका लागि अस्पतालमा सुरक्षा व्यवस्था मिलाई लैजाने र ल्याउने काम गरिन्छ । कारागारको सुरक्षा, कारागारमा रहेका कैदी तथा बन्दीहरुको सुरक्षा, अदालतमा उपस्थित गराउनु, विरामी कैदीबन्दीहरुलाई अस्पताल ल्याउने, लैजाने, स्थानान्तरण गरिएका कैदीबन्दीहरुलाई सम्बन्धित कारागारमा दाखिला गर्ने, कैदीबन्दीको गतिविधि तथा विवरण तालुक कार्यालयमा जाहेर गर्ने, कैदीबन्दीहरुसँग भेटघाट गर्न आउने व्यक्तिहरुलाई नियमानुसार भेटघाट गराउने काम पनि कारागार सुरक्षाले गरिरहेको प्रमुख गुरुङले बताउनुभयो ।
कोभिड–१९ महामारी नियन्त्रणमा आएपछि उद्योगधन्दामा लगानी बढेको छ । चालू आर्थिक वर्षको नौ महिनामा स्वदेशी लगानीका २२९ नयाँ उद्योग दर्ता भएका छन् । यी उद्योगमा दुई खर्ब ६६ अर्ब १८ करोड रुपियाँ लगानी हुने उद्योग विभागले जनाएको छ ।
नेपाल आउने विदेशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रवेश आज्ञा (अनअराइभल भिसा) लिन विद्युतीय भुक्तानीमा समस्या देखिएपछि थप एटीएम मेसिन राख्न सुरु गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार राष्ट्रिय वाणिज्य बैङ्कले यात्रु आगमन कक्षमा एउटा एटीएम मेसिन र दुईवटा पीओएस मेसिन तथा प्रस्थान कक्षमा एक एटीएम मेसिन राख्न सुरु गरिएको छ ।
हरि ऐडीमुगु, वैशाख ६ गते । जिल्लाको पूर्वी भेगमा पर्ने खत्याड गाउँपालिकाले पालिकाभित्रका ११ वटै वडामा पुग्ने गरी एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । पालिकाभित्र सबै वडालाई समेटेर ७३ किलोमिटर सडक निर्माण भएसँगै स्थानीयले सहज रुपमा एम्बुलेन्स सुविधा पाएका हुन् ।खत्याड गाउँपालिकाका प्रमुख उब्जन शाहीले सबै वडामा सडक सञ्जाल पुग्दा यहाँका नागरिकलाई पालिकाको एम्बुलेन्सले २४ सौं घन्टा सेवा उपलब्ध गराउँदै आएको बताउनुहुन्छ । पालिकाको पहलमा निर्माण सम्पन्न ७३ किलोमिटर बाटोको नियमित मर्मत र स्तरोन्नतिको काम समेत हुँदै आएको उहाँको भनाइ छ ।खत्याड गाउँपालिका मात्र होइन, जिल्लाका अन्य स्थानीय तहले पनि गाउँका बस्तीसम्म आउजाउमा सहज हुने गरी सडक निर्माण गरेका छन् ।गाउँबस्तीमा सडक पुगेसँगै यहाँका अन्य विकास निर्माणका काममा समेत तीब्रता पाएको छ । सडक नहुँदा निर्माण सामाग्रीदेखि दैनिकी उपभोग्य बस्तुलगायत खच्चरबाट ढुवानी हुँदा सेवाग्राहीले महँगाे भाडा तिरेर ढुवानी गर्न बाध्यता रहेको थियो । अहिले गाउँबस्तीमा सडक पुगेपछि दैनिक उपभोग्य सामाग्रीकोउपलब्धता हुँदा सस्तो र सुलभ भएको छ । त्यस्तै, निर्माण सामाग्री समेत ढुवानी गर्न सहज भएको र विकासी निमार्णका सामाग्री ढुवानीदेखि बिरामीलाई एम्बुलेन्सबाट अस्पतालसम्म पु¥याउन सहज भएको नखर्जी गाउँका स्थानीय कमल रोकाया बताउनुुहुन्छ ।नखर्जीमा सडक सञ्जाल जोडिएसँगै विद्यालय भवन निर्माणका सामग्रीहरु सस्तो सुलभमा ढुवानी गर्न सकिएको उहाँका अनुभव छ । छायाँनाथ रारा नगरपालिकाले पनि नगरभित्र सबै वडालाई समेटेर ७३ किलोमिटर सडक निर्माण गरिएको जनाएको छ । ‘नगरका साविक गाउँ चुगा, कम्फा, बालचौंर, लह, सालिम, शोभा र मुर्मालगायतका बस्तीबाहेक अन्यत्र सडक सञ्जाल पुगेको छ’, प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताउनुभयो ।यता, १० वटा वडा रहेको सोरु गाउँपालिकाले भने हालसम्म १८ किलोमिटर मात्र सडक निर्माण गरेको जनाएको छ । सोरु गाउँपालिकाका अधिकांश गाउँका बस्तीमा सडक निर्माण नहुँदा विकास निर्माणका सामाग्री लगायत दैनिक उपभोग्य बस्तुहरु चर्को मूल्य तिरेर खच्चरबाट ढुवानी गर्नुपरेको स्थानीय रामलाल बुढाले बताउनुभयो ।जिल्लाको मुगमकार्मारोङ गाउँपालिकामा भने राष्ट्रिय सडक सजालसँग जोडिन सकेको छैन । जसको कारण यस पालिकाका स्थानीयले बस्तीसम्म खच्चरबाट ढुवानी गर्दा जिल्लाको सदरमुकामदेखि प्रति केजी ३० रुपैयाँसम्म ढुवानी रकम खर्चनुपरेको छ, स्थानीय पेपा तामाङले बताउनुभयो । पालिकाका प्रवक्ता कार्मा लामाले ढुवानी महंगो हुँदा दैनिकी उपभोग्य खाद्यान्न तेल, चिनी, चामलजस्ता उपभोग्य बस्तुहरु महङ्गो मूल्य खर्चनुपरेको बताउनुहुन्छ । स्थानीय स्तरमा सडक बनेको भए पनि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुनाले स्थानीय सडक प्रयोगविहीन भएको उहाँको भनाइ छ ।प्रवक्ता लामाका अनुसार माथिल्लो मुगुमा १० किलोमिटर सडक निर्माण गरेको छ । उक्त सडकमा अहिले खच्चरलगायत यहाँका समुदायलाई आउजाउ गर्न सहज भएको छ ।
सिन्धुली समाचारदातासिन्धुलीमाढी, वैशाख ६ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी सन्तोष बस्नेत यतिखेर जिल्ला सदरमुकाम सिन्धुलीमाढी ल्याएर काफल बेच्दै आउनुभएको छ । गाउँकै नयाँ खर्क माध्यमिक विद्यालयमा अध्ययनरत बस्नेत गरिबीका कारण पढाइ खर्च जुटाउन र घरव्यवहार चलाउने खर्चको जोहो गर्न काफल बिक्री गर्दै आएको बताउनुहुन्छ । सन्तोषको आफ्नै बारीमा काफलका ६० वटा बोट छन् । दैनिक एक डालो काफल बिक्री गर्दै आएको र त्यसबाट करिब दुई हजार रुपियाँ कमाइ हुने गरेको उहाँको भनाइ छ । “काफल बेचेर घर पुग्दा घरका अरू सदस्यले काफल टिपेर राखेका हुन्छन्, अर्को दिन सोही काफल बोकेर बिक्री गर्न सदरमुकाम आउँछु,” उहाँले भन्नुभयो । स्थानीय अर्का विद्यार्थी मिलन सुनुवार पनि घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन काफल बेच्नुपरेको बताउनुहुन्छ । “सँगैका साथीहरू काफल बेच्न हिँडेका छन्, राम्रै पैसा घर लान्छन्,” उहाँले भन्नुभयो, “सिजनको फल भएकाले सबैको आम्दानीको स्रोत बनेको छ काफल ।”यो वर्ष काफल धेरै फलेको र बजारमा अहिले काफल प्रतिमाना १५० रुपियाँसम्ममा बिक्री हुने गरेको उहाँले सुनाउनुभयो । बीपी राजमार्ग आसपासका गाउँका विपन्न वर्गका बालबालिका तथा वृद्ध किसान यतिखेर काफल व्यापारप्रति आकर्षित बनेका छन् । गरिबीका कारण घर खर्चको जोहो गर्न मौसमी फलका रूपमा रहेको काफलको व्यापारप्रति आकर्षित भएको उनीहरूको भनाइ छ । स्थानीय ५५ वर्षीय डोरबहादुर थापाले त २०४० सालदेखि नै बर्सेनि काफल बिक्री गर्दै आउनुभएको छ । उहाँको बगैँचामा यतिखेर काफलको सय बोट छन् । “घरमा टिप्ने मानिस हुँदा वर्षको डेढ लाख रुपियाँसम्म कमाइ हुन्थ्यो । दुई जना छौँ, झरेर र कुहिएर नै जान्छ,” उहाँले भन्नुभयो, “त्यस्तै वर्षको ६०-६५ हजार रुपियाँ जति कमाइ हुन्छ ।” आफूले घरबाटै मानाको ९० रुपियाँका दरले दिने गरेको र व्यापारीले खनियाँ खर्क बजारमा पु-याएर प्रतिमाना १५० रुपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँले सुनाउनुभयो । खनियाँखर्क निवासी किसान धनबहादुर भुजेल छिमेकीले काफल बेचेको देखेर आफू पनि यही पेसामा संलग्न भई दुई वर्षदेखि वर्षभरिको नुन, तेल र घरखर्च काफलको आम्दानीबाटै जोहो गर्दै आएको बताउनुहुन्छ । राम्रो आम्दानी हुनु र उपभोक्ताको बढ्दो रुचिका कारण काफलको व्यापार गरिब कृषकका लागि गुजाराको माध्यम बनेको उहाँको ठम्याइ छ ।किसान भुजेलका शब्दमा “केही वर्ष पहिलेसम्म त्यस क्षेत्रका किसान जङ्गली फल भनी काफलको वास्ता गर्दैनथे । बीपी राजमार्ग निर्माणसँगै काफलको व्यापार चम्किएको हो । काफल बिक्री गरी दिनको दुई हजार रुपियाँसम्म कमाइ हुने गरेको छ । काफल बिक्री गरी एउटाले गरेको आम्दानी देखेर त्यसको सिको गरी पछिलाग्ने अहिले धेरै भएका छन् । अहिले काफल सङ्कलन गर्न जाँदा जङ्गलमा हारालुछ नै हुन्छ ।” पछिल्लो समयमा उपभोक्ताको काफलप्रति आकर्षण बढेपछि काफल बिक्री गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको उहाँको बुझाइ छ । महाभारत क्षेत्रको जङ्गलमा प्रशस्त काफल पाइने हुनाले विपन्न परिवारले जङ्गलमा गई काफल सङ्कलन गरी नजिकको बजारमा पु-याएर बिक्री गरी आम्दानी लिने गरेको पाइन्छ ।किसानहरूका अनुसार प्रत्येक वर्ष चैतदेखि जेठ महिनाको पहिलो हप्तासम्म काफलको सिजन हो । सिजनको सुरुमा काफल बजारमा ल्याउँदा बढी आम्दानी हुने गर्दछ ।
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा लक्ष्मण कँडेल विजयी हुनु भएको छ । प्रतिस्पर्धी हर्षविक्रम खड्कालाई ४८ मतले पराजित गर्दै उहाँ अध्यक्षमा विजयी हुनु भएको हो ।
धनगढी समाचारदाताधनगढी, वैशाख ६ गते । कैलालीमा स्थानीय तहको बागडोर सम्हाल्नका लागि पत्रकारदेखि व्यवसायीसम्म इच्छुक देखिएका छन् । स्थानीय तहको ३० गते हुने निर्वाचनका लागि पत्रकार र व्यवसायीले उम्मेदवारीको तयारी गरेका हुन् । जसमध्ये कतिपयले आआफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष पदका लागि पत्रकार गणेश चौधरीले तयारी गरिरहनुभएको छ । रेशम चौधरीको समर्थन रहेको नागरिक उन्मुक्ति पार्टीबाट चौधरीले अध्यक्ष पदमा चुनाव लड्ने तयारी गर्नुभएको हो । उहाँको टिकट लगभग पक्का भइसकेको तर घोषणा हुन बाँकी रहेको बताइएको छ । उत्पीडनमा परेका सबै जाति र समुदायलाई न्याय दिलाउनका लागि आफू राजनीतिमा लागेको चौधरीको भनाइ छ । पहिचानको मुद्दालाई सबैभन्दा पहिले माओवादी पार्टीले उत्थान गरेको थियो । तर सो मुद्दालाई माओवादीले बिर्सिसकेको पत्रकार चौधरीको बुझाइ छ । माओवादीले छोड्दै गइरहेको पहिचानको मुद्दालाई अब नागरिक उन्मुक्ति पार्टीले अगाडि बढाउने उहाँले बताउनुभयो । यसैगरी घोडाघोडी नगरपालिकाको प्रमुखमा चुनाव लड्नका लागि पत्रकार प्रकाश मिश्र आकाङ्क्षी हुनुुहुन्छ । प्रेस चौतारी आबद्ध उहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चुनाव लड्नका लागि प्रयास गरिरहनुभएको छ । यद्यपि टिकटको टुङ्गो भने लागिसकेको छैन । टिकट पाउने टुङ्गो नलागे पनि मिश्र चुनावी एजेन्डासहित प्रचारप्रसारमा जुटिसक्नुभएको छ । यसैगरी धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । धनगढीको विकास ‘धनगढी मोडल’ मा गर्ने, आफूले कुनै पनि सेवा सुविधा नलिने र स्वयंसेवक भएर काम गर्ने उद्घोषसहित उहाँ प्रमुखमा उम्मेदवारी घोषणा गर्नुभएको हो । २०७४ सालको निर्वाचनमा पनि उहाँ धनगढी उपमहानरपालिकाको मेयरमा स्वतन्त्रबाटै चुनाव लड्नुभएर थोरै मतान्तरले नेपाली काँग्रेसका नृपबहादुर वडसँग पराजित हुनुभएको थियो । मेयरमा जितेमा आफूले कुनै पनि सेवासुविधा नलिई पाँच वर्षसम्म स्वयंसेवकको रूपमा काम गर्ने हमालले घोषणा गर्नुभएको छ । यसैगरी अर्का व्यवसायी गोकर्ण भट्ट गोदावरी नगरपालिकाको प्रमुखमा चुनाव लड्नका लागि जुटिरहनुभएको छ । नेकपा एमालेबाट उहाँले प्रमुखमा चुनाव लड्ने तयारी गरिरहनुभएको हो । भट्ट सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टका सहोदर भाइ पनि हुनुहुन्छ । उहाँले टिकट पाउने सम्भावना प्रबल रहेको धेरैको बुझाइ छ ।
औसत मानिस सहरबाट गाउँ पस्दैनन् । सहरबाट गाउँ पसेर कृषिकर्म गर्नेप्रति समाजको दृष्टिकोण सकारात्मक हुँदैन तर लगनशील भएर काम गर्ने हो भने पैसा कमाउन सहर पस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ मोरङको रतुवामाई–५, परेवाखोपीका लीला श्रेष्ठ ।
निर्वाचन आयोगले मतदानका लागि आवश्यक सामग्री समयमै आपूर्ति नगरेका आपूर्तिकर्तामाथि कारबाहीको तयारी गरेको छ । वैशाख ३० गते हुने मतदानका लागि मतपेटिका, पूर्ण परिमाणमा छेकबारा, कलमसहित सामग्री अझै आइसकेको छैन । आयोगले स्थानीय
सिन्धुली समाचारदातासिन्धुलीमाढी, वैशाख ६ गते । सिन्धुलीको सुनकोसी गाउँपालिकामा नेपाली काँग्रेसको वडा सभापतिहरूले जिल्ला नेतृत्वलाई स्थानीय तह निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन नगर्न दबाब दिएका छन् ।पालिकाका सातवटै वडाका सभापतिको संयुक्त बैठकले गठबन्धनमा नजाने र एक्लै निर्वाचनमा जाने निर्णय गरेको वडा नं. १ का वडा सभापति रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनकोसी गाउँपालिकामा काँग्रेस गठबन्धनबिना नै बलियो रहेकाले हामीले गठबन्धनमा जाने निर्णय स्वीकार नगरेका हौँ ।”वडा सभापतिहरूको संयुक्त बैठकले गरेको निर्णय काँग्रेसको पालिका कार्यसमिति, प्रदेश, जिल्ला कार्यसमिति सबैलाई जानकारी गराइसकेको उहाँले बताउनुभयो । कुनै पार्टीसँग गठबन्धन नगरी सुनकोसी गाउँपालिकामा काँग्रेसको वडा र पालिकामा एकल आफ्नै उम्मेदवार हुने पनि उहाँले सुनाउनुभयो । वडा नं. ५ का सभापति अर्जुनविक्रम थापाको अध्यक्षतामा पालिकाका सातवटै वडाका सभापतिहरूको संयुक्त बैठकले गठबन्धन आवश्यक नरहेको ठहर गरेको छ । सुनकोसी गाउ“पालिकामा काँग्रेस र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा रहेकाले गठबन्धनको जरुरी नभएको वडा सभापतिहरूको ठहर छ । उक्त पालिकामा गत स्थानीय तहको निर्वाचनमा माओवादी (केन्द्र)का दीपा बोहोरा दाहाल काँग्रेसका कपिल कोइरालास“ग झिनो मत अन्तरले पालिका अध्यक्षमा विजयी बन्नुभएको थियो । दाहालले तीन हजार ४३३ मत पाउ“दा काँग्रेसका कोइरालाले तीन हजार २१२ मत ल्याउनु भएको थियो । नेकपा एमालेका कौशल कोइरालाले दुई हजार ६२३ मत प्राप्त गर्नुभएको थियो ।माओवादी केन्द्रले सुनकोसी गाउँपालिकामा स्थानीय सरकार चलाउ“दा ज्यादती गरेको र त्यसको विरुद्धमा आम मतदाता रहेकाले गठबन्धन आवश्यक नभएको काँग्रेसको बुझाइ छ । पालिका भागबन्डाकै लागि पाँच दलीय गठबन्धनको जिल्ला संयन्त्रले सोमबारदेखि छलफल सुरु गरेका छन् ।