• १२ असार २०८१, बुधबार

यारी सोलार मिनीग्रीडको काम अन्तिम चरणमा

blog

यारीमा निर्माण क्रममा रहेको ५० किलोवाट क्षमताको सोलार मिनीग्रीड पावर हाउस । तस्बिर ड: राजन रावत

हुुम्ला जेठ ७ गते । बिद्युत सेवा नभएको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोलार मिनीग्रीडको निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ । ५० किलोवाट क्षमता उक्त योजना जेठ अन्तिमसम्म उक्त मिनीग्रीडबाट बिद्युत उत्पादन गर्ने भएपछि कामलाई तिब्रता दिईएको हो । 

ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजना तेस्रो चरणमा जिल्ला सल्लाहकार बिरेन्द्र थापाले उक्त मिनीग्रीडको काम ८० प्रतिशत सम्पन्न भएको बताउनुुभयो । उहाँले जेठ अन्तिमसम्म बिद्युुत उत्पादन गर्ने गरी कामलाई तिब्रता दिइएको बताउनुुभयो । 

पोल र तार टाँग्ने काममा पनि कामदार खटिएका छन् । उक्त मिनीग्रीड निर्माण भएर सञ्चालनमा आएपछि यारीगाउँ नै उज्यालो हुने छ । हालसम्म यारीबासीले टुकी बाल्नु पर्ने बाध्यता थियो । ५० किलोवाट क्षमताको बिद्युत उत्पादनले यारी गाउँका ६६ घरधुुरी लाभान्वित हुने छन् । 

विजुलीको उज्यालो मात्र नभएर यारी तोरी उत्पादन राम्रो हुनेभएकाले तेल पेल्ने मेशिन सञ्चालनमा समेत सहयोग पुग्ने भएको छ । २०७८ भदौमा उक्त मिनीग्रीड निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको थियो । गाउँपालिकाले २० प्रतिशत, उपभोक्ताबाट दश प्रतिशत र आयोजनाबाट सत्तरी प्रतिशत लागत साझेदारी गरि तीन करोड लागतमा आयोजना निर्माण हुन लागेको हो । 

नाँम्खा गाउँपालिका– ५ कै हिल्सामा पनि एक सय किलोवाट क्षमताको सोलार मिनीग्रड निर्माण सुरु भएको छ । 

Author

राजन रावत