राजन रावतहुुम्ला, जेठ ३१ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङ गुम्बामा लाग्ने मेलाका लागि हेलिकोप्टर उडान स्थानीय स्तरमा सुुरु भएको छ । धार्मिक मेला लाग्ने र आन्तरिक पर्यटकहरु गुुम्बाको अवलोकन गर्न जाने भएपछि हेलिकोप्टरले उडान भएको हो । रलिङ मेला हेर्न जानुुभएका सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले रलिङका लागि दुुई वर्ष कोरोनाको कारण रोकिएको हेलिकोप्टर उडान सुुरु भएपछि जान पाइएको बताउनुुभयो । उहाँले उक्त पर्यटकीय क्षेत्रमा पहिले पैदल जाने गरिएको भए पनि अहिले हेलिकोप्टर उडान हुनेपछि सहज भएको बताउनुुभयो । उहाँले एकतर्फी उडान भाडा भने पाँच हजार पाँच सय लिने गरेको बताउनुुभयो । दुुईतर्फ आवतजावत गर्नेले भने एघार हजार रुपियाँ भाडा तिर्नुपर्नेछ । उहाँले नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख मनोज डङ्गोलका अनुुसार मङ्गलबार चार बजेसम्म तीस वटा उडान भरेको छ भने उडान भर्ने कार्य बेलुुका सात बजेसम्म हावा नलागेसम्म जारी रहने बताउनुुभयो । प्रति उडान पाँच जना यात्रुु ओसार्ने भएको कारण एक सय पचास जना यात्रुुले हेलिकोप्टर चढ्नुुभएको छ । मङ्गलबार रलिङ जाने काम मात्र हुनेछ भने बुुधवार यात्रुु फिर्ता हुुनेछ । अन्य बेला पनि आन्तरिक पर्यटकहरुले हेलिकोप्टर उडानबाट गुम्बा तथा पर्यटकीय स्थलहरुको दर्शन र अवलोकन गर्दै आउनुुभएको छ ।
अत्यधिक गर्मी बढेपछि बाँकेका चार स्थानीय तहले पाँच पाँच दिन विद्यालय बन्द गरेपनि गर्मी बढ्दै गएकोले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय मंगलबार गरिएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय सुनसान देखिन थालेको छ । २०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तालमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि पुग्नेहरु ह्वात्तै बढेका थिए ।
मनसुुन तथा अन्य प्रकोपबाट हुनसक्ने सम्भावित घटना तथा क्षतिका लागि सुुरक्षाकर्मीले गर्नुपर्ने उद्धार कार्यको प्रर्दशनी गरिएको छ । प्रकोपजन्य कुनै घटना भए त्यसका लागि गरिने उद्धार कार्यबारे जानकारी गराउन उक्त प्रर्दशनी गरिएको हो ।
दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ पर्नुभएका लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ ।
रुसी सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गर्नको लागि सेभेरोडोनेत्सक शहर बाहिरका सबै पक्की पुलहरुलाई ध्वस्त बनाएको छ । पश्चिमी युक्रेनसँगको सबै सम्पर्क टुटाउनको लागि रुसी सेनाले यस्तो कदम चालेको स्थानीय सरकारले जनाएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका ४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छिमेकीको घर बनाउन आवश्यक उपकरण चलाउन दिएको विद्युतको तारबाट करेन्ट लाग्दा वर्ष ४५ को निमबहादुर भुसालको मृत्यु भएको हो ।
सर्पले टोकेर अछामको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा गर्भवती रहेका एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट लयाँटी निवासी ३२ वर्षीया रामपुरा शाहीको मंगलबार मृृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समिति बाकेले यो वर्ष मनसुनबाट करिब १० हजार घर परिवारको ५० हजार मानिस प्रभावित हुने आकंलन गरी त्यसबाट जोगिने तयारी शुरु गरेको छ । बाढी र डुबानबाट क्षति न्यूनिकरण गर्न मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत तयार गरेर कार्यान्वयन शुरु गरिएको विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको बहु–प्रतिष्ठित एकीकृत भवन निर्माण हुने भएको छ । नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित र सहज बनाउन नगरपालिकाको भवनको शिलान्यास गरिएको हाे ।
जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका पद्म कलेल विजयी हुनुभएको हो ।
जनप्रतिनिधिहरुले दीर्घकालीन सोचका साथभन्दा पनि क्षणिक लोकप्रियताका लागि निर्णय गर्नेहरुको होडबाजी चल्न थालेको छ । निर्वचित भए पश्चात् सस्तो लोकप्रियता कमाउनका लागि गुल्मीका जनप्रतिनिधिहरुले नयाँ नयाँ निर्णयहरु गर्दै आएका छन् ।
पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका बासिन्दालाई मध्यनजर गर्दै विमानस्थान निर्माण गर्न स्थान छनौटको काम सुरु भएको छ । तीन जिल्ला समेटिएको कालीगण्डकी क्षेत्रमा विमानस्थल आवश्यकता महशुस गरी विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अवलोकन थालिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घ र प्रदेशको निर्वाचन आगामी मंसिरको पहिलो सातामा हुने बताउनु भएको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ५ को पारतोला बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । मनसुन शुरु नहुँदै त्यो बस्तीमाथिबाट लगातार पहिरो बग्न थालेपछि सो बस्ती अहिले जोखिममा रहेको हो ।