राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको वातावरणीय अध्ययन गरेर मात्रै ढुङ्गा, गिटी र बालुवा जस्तो प्राकृतिक स्रोतको उत्खनन् तथा सङ्कलन गर्न आग्रह गर्नु भएको छ । उहाँले बिहीबार सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्त रुपमा आयोजना गरेको आठाैं चुरे दिवसको अवसरमा एक दिनमा एक लाख विरुवा वृक्षारोपण कार्यक्रमको शुभारम्भ समारोहमा यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरुको संरक्षण गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
शिलान्यास भएको १६ वर्ष बित्नैलाग्दा गुल्मेलीहरुले रेसुङ्गा विमानस्थलबाट विमान चढेर भैरहवा र काठमाडौं जान पाएका छैनन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रदीपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको विमानस्थलको निर्माण कार्य करिब सकिएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सम्झौता नगर्ने प्रष्ट पार्नुभएको छ । २१औँ रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले सरकार नेपालको राष्ट्रियता स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै सम्झौता नगर्ने विश्वास दिलाउनुभयो ।
ग्रामीण क्षेत्रका आँखाको बिरामी पहिचान गरी उपचारका लागि प्रेरित गर्न कपिलवस्तुका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । छन्दे कालेवाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई सचेतना प्रदान गरेको छ । अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ ।
पृथ्वीराजमार्गमा पर्ने तनहुँ आबुँखैरेनी गाउँपालिका– ४ मर्स्याङ्दी पावरहाउसस्थित रुवा खोला पुलमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नं.को मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २५ मिटर तल खोलामा खसेर सो टिप्पर चालकको मृत्यु भएको हो ।
लघुजलविद्युत् आयोजनाको केन्द्र भनेर चिनिएको बाग्लुङका सबै साना तथा लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुली मिनिग्रिडमा जोड्ने योजना सात वर्षदेखि अलपत्र छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिड बनाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना कार्यान्वयन नहुँदा अधिकांश लघुजलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ ।
इलामको माई नगरपालिकामा बसोबास गरी मजदुरी काम गर्दै आउनुभएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतको दार्जिलिङ पोख्रेवुङ्ग स्थायी घर भएका ४० वर्र्षीय दाबा शेर्पा आज विहान माई–४ को अर्ने खोल्सीमा मृत भेटिनुभएको हो । उहाँ विगत दुई वर्षदेखि माई नगरपालिकामा मजदुरी गर्दै आउनु भएको थियो ।
जिल्ला समन्वय समिति (जिसस) ताप्लेजुङका नवनिर्वाचित प्रमुख छिरिङ लामाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश प्रकाश राउतमार्फत् पद तथा गोपनीयताको सपथ लिएपछि लामाले पदभार ग्रहण गर्नुभएको हो ।
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनकोतर्फबाट काङ्ग्रेसका दाेर्णबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्याैपानेलाई पराजित गर्नुभयो । खत्रीको १५ र न्यौपानेको नौ मत रहेको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिक्टा सिंचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १८ वर्ष बित्दा अझै ३० प्रतिशत काम बाँकी रहेको छ । सिफ्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।
कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम शुरु गरिएको छ । कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो । वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलाली जिल्लाको चिसापानी–सोल्टा–बावियाचौर–बड्डिचौर–बाँगेशीमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सब–स्टेशनमा जोडिनेछ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन वृद्धि भएको छ । अविरल वर्षा तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएकाले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ ।
अविवाहित आमा निहारिका राजपूत २१ महिने काखे बालकसहित राजधानीमा पाँच दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । पहिलो दिन माईतीघरमा अनशन बस्ने क्रममा प्रहरीबाट धरपडक पश्चात् सिंहदरबारस्थित प्रहरी वृत्तमा राखियो । सोही मध्यरातमा उहाँहरु छोडिनु भएको थियो ।