• १८ असार २०८१, मङ्गलबार

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै विजयी

blog

तिलाचन पान्डे 

तम्घास, असार १ गते । जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनकोतर्फबाट काङ्ग्रेसका दाेर्णबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्याैपानेलाई पराजित गर्नुभयो । खत्रीको १५ र न्यौपानेको नौ मत रहेको छ ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका तेजेन्द्र सलामी उपप्रमुखमा विजयी हुनुभएको छ । उहाँले १५ मत र पराजित एमालेका रमादेबी पुनले नौ मत प्राप्त गर्नुभयो। सदस्यमा महेश्वर भण्डारी,  शेरबहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र नरमाया राना निर्वाचित हुनुभएको छ ।

एमालेको तर्फबाट सदस्यमा पिताम्बर अर्याल, कृष्णप्रसाद भण्डारी, ज्ञानप्रसाद श्रेष्ठ,  सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थी पराजित हुनुभएकाे छ।