गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
सिङ्गापुर बनाउने सोचका साथ राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्चीको पानी काठमाडौं आइसकेको अवस्थामा सरसफाइको लागि पानीको भरपुर प्रयोग गर्न सकिन्छ नै, मेरो सिंगापुरको भ्रमणमा देखिएको वास्तविक सिंगापुरलाई अलकापुरी कान्तिपुरी नगरी बनाउन सकिन्छ ।
नेपाल भित्रिने पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर दुई दिनदेखि रुपन्देहीको सुनौली नाकामै रोकिएका छन् । भारतीय आयल कर्पोरेशनले गरेको सिस्टम परिवर्तनका कारण समस्या सिर्जना भएको हो । नेपालमा आइओसी मार्फत तेल आउने गर्दछ ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा पाएपछि सोलुखुम्बुका व्यवसायी हर्षित भएका छन् । लामो समयदेखि सल्लेरीमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी नीरकुमार श्रेष्ठले भन्नुभयो, ‘अर्को जिल्लामा गएर दर्ता गर्नुपर्दा समय र खर्च धेरै लाग्थ्यो, आफ्नै ठाउँमा यो सेवा पाउँदा हामीलाई धेरै राहत मिलेको छ । धेरै व्यवसायी मन भएर पनि ओखलढुङ्गा गएर दर्ता गर्न सकिरहेका थिएनन् तर सल्लेरीमा नै सेवा आउँदा सबैलाई सहज भयो ।’
बुटवलमा मुलुककै आधुनिक एकीकृत कृषि उपज थोक बजार केन्द्र निर्माण हुने भएको छ । बुटवल १५ मा केन्द्र बनाइनेछ, प्रस्तावित जग्गामा स्थानीयले सहमति जनाइसकेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानवअधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आइतबार सुर्खेतमा आयोजित कर्णालीमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यका निकायसँगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानवअधिकारको संरक्षण हुने बताउनुभयो । मुख्यमन्त्री शाहीले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ सचेत बन्नुपर्ने धारणा राख्नुभयो । संविधानमा सबैको हकअधिकारको सुनिश्चितता भएको भन्दै उहाँले त्यसको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरको बोडेस्थित निर्माणाधिन टहरामा एक पुरुषको शव फेला परेको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा ५१ वर्षीय कल्याण साहुको शव फेला परेको हो ।
काठमाडौं महानगरपालिकाले नुवाकोटस्थित सिसडोल क्षेत्र अबको एक महिनाभित्र दुर्गन्धरहित हुने जनाएको छ । महानगरको आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख वालेन्द्र साहले सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने ढंगबाट पहल भइरहेको बताउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ ।
निर्माण कम्पनीको लापरवाहीको कारण पक्की पुल निर्माणकार्य समयमा सम्पन्न नहुँदा रौतहटमा नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टुकुलियाघाटको पुल नबनेपछि सर्वसाधारणले शुल्क तिरेर बाँसको अस्थायी पुल र डुंगा प्रयोग गर्न बाध्य छन् ।
सप्तरीको खाँडौ नदीको तटीय भागमा अवस्थित लौनियाँलाई भूक्षय र वातावरण जोगाउने उद्देश्यले विभिन्न प्रजातिका बोट विरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय सप्तरीको सहयोग र गाउँपालिका तथा वडा नम्बर २ कार्यालयको सहकार्यमा एक हजार पाँच सय बोट विरुवा निःशुल्क वितरण गरिएको हो ।
महोत्तरीमा अन्धविश्वास र कुरीति अझै पनि कायमै रहेको पाइएको छ । भर्खर महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकामा बोक्सीको आरोपमा दुई जना महिलामाथि कुटपिट र अमानवीय व्यवहार भएको छ ।
आइतबार सम्पन्न जिल्ला समन्वय समिति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन प्यानल विजयी भएको छ । काँगे्रसका बालकृष्ण श्रेष्ठ १३ मतसहित प्रमुख र उपप्रमुखमा समाजवादीका पद्मनाथ नेपाल १३ मत ल्याई निर्वाचित हुनुभएको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग र मंगल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
काठमाडौँ, जेठ २९ गते । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमर्स्याङ्दी– मर्स्याङ्दी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाँग्नका लागि केही जलविद्युत्् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ । प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आज दिनभर बिजुली उत्पादन बन्द गरेको हो । ती विद्युतगृहमा आज बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्रसारण लाइन बन्द भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत् उत्पादन स्वतः बन्द हुनेछ । पहिराले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्ष २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिनेछ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत् पनि बन्द हुनेछ । वैकल्पिक व्यवस्थामार्फत उपभोक्तालाई बिजुली करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्नेछ । आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुनेछ । आज आइतबार करिब साढे २०० मेगावाट मात्रै विद्युत् निर्यात हुनेछ ।