• ६ जेठ २०८१, आइतबार

सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने: काठमाडौं महानगर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते । काठमाडौं महानगरपालिकाले नुवाकोटस्थित सिसडोल क्षेत्र अबको एक महिनाभित्र दुर्गन्धरहित हुने जनाएको छ ।

महानगरको आइतबार बसेको कार्यपालिका  बैठकमा प्रमुख वालेन्द्र साहले  सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने ढंगबाट पहल भइरहेको बताउनुभयो ।

एक महिनाभित्र दुर्गन्ध हटाउन जैविक केमिकल जसले वातावरणमा असर पार्दैन, त्यस क्षेत्रमा बाटो निर्माणको काम असारको पहिलो हप्ताबाट सुरु हुने साहले बताउनुभयो ।

उहाँले स्वास्थ्य बिमा लगायतका वितगमा भएका सम्झौता अनुसार यसको कार्यान्वयनका लागि महानगरको गतिविधि अगाडि बढेको बताउनुभयो ।

रासायनिक  मल, प्लास्टिक र फलामजन्य फोहोरको व्यवस्थापन गर्ने काम ३२ वटै वडामा भइरहेको छ । सडकको धुलो व्यवस्थापनमा पनि ब्रुमर चालकहरु केही दिनभित्रै आउछन् । साहले बताउनुभयो ।

महानगरको कार्यपालिका बैठकमा धुलो व्यवस्थापनका लागि ब्रुमर भए पनि यसका चालक नभएको गुनासो उठेपछि  साहले प्रतिक्रिया दिनुभएको हो ।