रमल्लाह [प्यालेस्टाइन], जेठ, २९ गते । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनको अपेक्षित भ्रमण अघि वेस्ट बैंकको रामल्लाह शहरमा भ्रमणरत अमेरिकी वरिष्ठ कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा अब्बासले निकट पूर्वी मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफ र इजरायली र प्यालेस्टाइन मामिलाका लागि उपसहायक सचिव हेडी अमरलाई प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) लाई आतङ्कवादको सूचीबाट हटाउँन र अमेरिकी वाणिज्य दूतावास पुन: खोल्न आग्रह गरेको बताइएको छ। अब्बासले पीएलओ पूर्ण शान्ति साझेदार हो र अमेरिकाले इजरायलसँग प्रायोजित शान्ति सम्झौताको एक शृङ्खलामा हस्ताक्षर गरेको बताएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले रिपोर्ट गरेको छ। अब्बासले अमेरिकी पक्षलाई वाशिङ्गटनमा पीएलओका बन्द कार्यालयहरू पुन: खोल्नका लागि काम गर्न आग्रह गर्दै पीएलओ "शान्ति प्रक्रिया र सबै एकपक्षीय कार्यहरू रोक्न प्रतिबद्ध छ।" भनेका छन् । वाफाका अनुसार, कूटनीतिज्ञ लीफले संयुक्त राज्य अमेरिका दुई-राज्य समाधानको लागि प्रतिबद्ध रहेको र उनको प्रतिनिधिमण्डलको मिशन "अब्बासलाई भेट्न चाहने राष्ट्रपति जो बाइडेनको भ्रमणको लागि तयारी गर्नु हो" भनेको उल्लेख गरिएको छ । अमेरिकी प्रशासन उपयुक्त वातावरण सृजना गर्न र प्यालेस्टिनीहरू र यस क्षेत्रका सबै मानिसहरूलाई आशा दिन उत्सुक रहेको भनी लीफले बताएको समाचार एजेन्सीले जनाएको छ ।
लैङ्गिक हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू पीडित-प्रभावित हुने गरेका छन् । यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको दोस्रो खेलमा आज (शनिबार) आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९ः१५ बजे सुरु हुने खेलमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ ।
नेपालमा प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न थालेकाे छ । यो बेलादेखि बढी क्रियाशील हुने चट्याङ्ले बर्षेनी जनधको क्षति गरिरहेको छ । बितेको केही दिनमा मात्रै देशका विभिन्न ठाउँमा चट्याङ् लागेर तीन जनाले ज्यान गुमाइसेकका छन् । तर यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन ।
बेइजिङ, जेठ २६ गते । राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् । सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ । विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् । यसैवर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।
किन्शासा, जेठ २५ गते । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् । उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।
शालिग्राम नेपाल चितवन, जेठ २६ गते । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान)को हत्या प्रकरणमा सम्लग्न तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई थुनामा राखी थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ । वैशाख २५ गते साँझ ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.७ कृष्णपुरस्थित पन्चेश्वर नगर प्लटिङ्गको बाटोमा मोटरसाइकलमा आएका व्यक्तिहरूले अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
काठमाडौं, जेठ २६ गते । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्य समितिको बैठक असार १५ गते बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले काठमाडौंमा बस्ने सो बैठकमा मुख्यगरी पार्टी संगठन, कार्यविभाजनका विषयमा छलफल हुनेछ । केन्द्रीय समितिको बैठक यी नै विषयमा केन्द्रित हुने ढकालले बताउनुभयो । उहाँले बैठकमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा हुने बताउनुभयो । आगामी हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे पनि छलफल हुनेछ । यदि त्यस्तो भयो भने त्यसबारे पनि केन्द्रीय समितिको बैठकमा छलफल होला ।” उहाँले भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायको स्नातकोत्तर तहकाे परीक्षामा अघिल्लो सालको प्रश्नपत्रसँग हुबहु सोधिएको विषयमा छानविन गरिने भएको छ ।
नेपालमा गर्मी महिना सुरु भएदेखि सर्पदंशका बिरामी बढ्न थालेका छन् । यो आर्थिक वर्षमा यथार्थ तथ्यांक नभए पनि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गर्मी महिना सुरु भएदेखि दैनिक जस्तो सर्पले टोकेका बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकृत नवराज गौतम जानकारी दिनुहुन्छ ।
बालोचिस्तान, पाकिस्तान, जेठ २५ गते । पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका, पाँच महिला र ११ पुरूष गरी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उप–आयुक्त हाफिज मुहम्मद कासिमले बताउनुभयो । घटनामा परी एक बालक घाइते भएका छन् भने उनको क्वेटास्थित एक अस्पतालमा उपचार भइरहेको छ । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले सो घटनाप्रति दुःख व्यक्त गर्दै घाइते व्यक्तिहरूको पर्याप्त उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । उहाँले घटनाबारे अनुसन्धान गर्न र भविष्यमा यस खालका दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न स्थानीय अधिकारीलाई निर्देशन दिनुभएको छ ।
नेपालमा रासायजिक मल कारखाना स्थापनाको चर्चा चलेको पाँच वर्ष बितेको छ । तर, मल कारखानाको स्थापनाको सन्दर्भमा प्रगति भने शून्य छ । नेपालमा बाली लगाउने समयमा मलको अभाव झेलिरहेका किसानका लागि राहत होस् भनेर सरकारले रासायनिक मल कारखानाको स्थापनाको सपना देखे पनि प्रगति भने शून्य छ ।
शशिधर पराजुली विराटनगर, जेठ २५ गते । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिलाई उच्च प्राथमिकता राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गरी दीगो कृषि विकासको आधार तयार पार्न माटो परीक्षण र सुधार, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसान परिचयपत्र वितरण गर्ने, प्राङ्गारिक मल उत्पादन र प्रयोग बढाउने, समन्वयका आधारमा एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने जस्ता कार्यक्रमहरु अगाडि सार्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धीत सेवालाई अनलाइनमार्फत् गर्ने घोषणा पनि गरेको छ । ठूला आयोजनालाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न वृहत लगानी सम्मेलन गर्ने, अन्तर्राष्ट्रियस्तरका प्रदर्शनीका औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने, घरेलु उद्योगको संरक्षण र विकासका लागि एक गाउँ एक उद्यमी कार्यक्रम थालनी गर्ने, उदयपुर सिमेन्ट कारखानाको क्षमता विस्तार गरी क्लिङ्कर उत्पादनमा जोड दिने र घरेलु मदिरा ब्राण्डिङ गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै, प्रदेशले भूउपयोग नीति ल्याएर कार्यान्वयन गर्ने, सहकारी शिक्षा नेतृत्व विकास, व्यवसायिक योजना र उद्यमशीलता विकासका तालिम सञ्चालन गर्ने तथा टोलटोलमा सहकारी घरघरमा रोजगारी अभियान चलाउने पनि कार्यक्रममा उल्लेख छ । यस्तै, सहकारीमार्फत सामूहिक खेती सञ्चालन गर्न अनुदान उपलब्ध गराउने सरकारको लक्ष्य छ ।पर्यटनको क्षेत्रमा पनि सरकारले सानादेखि ठूला कार्यक्रम घोषणा गर्ने जनाएको छ । पर्यटनलाई प्रवद्र्धनका लागि भ्रमण प्याकेज योजना कार्यान्वयनमा ल्याइने, पर्यापर्यटनमा आधारित पर्यटन क्षेत्रको विकास गर्ने, पदमार्गमा आधारित पर्यटन विकास आयोजनालाई प्राथमिकता दिने, मुन्धुम पर्यटन पदमार्ग निर्माणलाई पूर्णता दिने, किराँत संस्कृतिसँग जोडिएको सप्तकोशीको खुवालुङको संरक्षण गर्ने, विराटनगर विमानस्थलको विकास र स्तरोन्नति गर्ने, विराटनगरबाट माउन्टेन उडान तथा अन्तर प्रदेश उडान गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममार्फत् घोषणा गरिएको छ । यस्तै, सरकारले प्रादेशिक सडक यातायात गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरेको छ । प्रदेशभित्रका ठूला नदीमा जलयातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने, पर्यटकीय क्षेत्रमा जानका लागि केबुलकारका लागि प्रारम्भिक अध्ययन गर्ने, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरलाई राजधानी विराटनगरसँग छिटो जोड्न छोटो दुरीका लागि चतरा–घुर्मि सडक निर्माणका लागि संघीय सरकारसँगको सहयोगमा अगाडि बढाउने उल्लेख गरेको छ ।प्रदेशको स्थायी केन्द्रीय संरचना तयार पार्नका लागि विस्तृत प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडि बढाउने, स्मार्ट सिटी तथा नमूना गाउँको पूर्वाधार निर्माणको लागि अगाडि बढाइने, विराटनगरको केशलिया र सिंघिया खोलामा तटबन्ध निर्माण गरी सौन्दर्यीकरण गर्ने आदि कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अगाडि सार्ने जनाएको छ । आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् पु¥याउने, एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने, मिडिया काउन्सिल गठन गरी सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने आदि कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । े
अविनाश चौधरीधनगढी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल जारी रहेको छ । बुधबार लगातार तेस्रो दिन पनि नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल गरिएको हो । छलफलमा भाग लिनुहुँदै निवर्तमान मन्त्रीसमेत रहनु भएका प्रदेश सभा सदस्य लालबहादुर खड्काले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिनुभयो । ‘यसमा केही कुरा छुटेका छन्, थपेर अझ राम्रो बनाउनुपर्छ’, उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि बढाउने कुरा अत्यन्त राम्रो रहेको उल्लेख गर्नुहुँदै खड्काले प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने गरी नीति आएको भए अझै राम्रो हुन्थ्यो भन्नुभयो । ‘किनभने, ऐन तयार छ । सहयोगीहरु पनि सहयोग गर्न तयार छन् । प्रदेश सरकारले सहमति पनि दिइसकेको छ’, उहाँले भन्नुभयो । यसैगरी, नीति तथा कार्यक्रमले मुक्त हलियालाई समेटे पनि कञ्चनपुरको आरक्ष पीडितलाई समेट्न नसकेको खड्काको भनाइ थियो । ‘१४ शिविरमा दुई हजार ४७३ आरक्ष पीडित छन्’, उहाँले भन्नुभयो । ‘आरक्ष पीडितले विभिन्न समस्या खेपिरहेकाले नीति तथा कार्यक्रममा उनीहरुका लागि केही कुरा आउनु पर्दथ्यो ।’यस्तै, अर्का प्रदेश सभा सदस्य महेशदत्त जोशीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सुदूरपश्चिमको लागि निकै उपयुक्त रहेको बताउनुभयो । ‘यो धेरै वर्षसम्म चल्ने नीति तथा कार्यक्रम हो’, उहाँले भन्नुभयो । ‘असार १ गते आउने बजेटले नीति तथा कार्यक्रम अनुसारको कार्यक्रम गर्न पुग्दैन । १० वर्षसम्मै जाने नीति तथा कार्यक्रम हो ।’ उहाँले प्रदेशको ८८ वटै स्थानीय तहमा सरकारले होमस्टे सञ्चालन गर्ने गरी बजेट छुट्टयाउन आवश्यक रहेको औंल्याउनुभयो । यसैगरी, धार्मिक संस्थाहरुलाई पनि नीति तथा कार्यक्रमले समेटेको भन्दै जोशीले अगाडि थप्नुभयो–‘मठमन्दिर, चर्च, गुम्बा कसैको पनि लेखा प्रणाली छैन । प्रदेश सरकारले धार्मिक संस्थालाई बजेट विनियोजन गरेपछि त्यसमा सार्वजनिक सुनुवाइ हुने व्यवस्था गर्नुपर्छ ।’ धार्मिक संस्थाहरुमा रुपियाँ पैसाको कुनै लेखाजोखा नहुने गरेको उल्लेख गर्नुहुँदै उहाँले सकेसम्म नीति बनाएर यस्ता संस्थालाई लेखा प्रणालीमा ल्याउनु पर्नेमा जोड दिनुभयो । यसैगरी, ज्येष्ठ नागरिक आवास गृह बनाउनु पर्ने र रैथाने प्रजातिको बीउ संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो यस्तै, प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गरिरहनुभएका प्रदेश सभा सदस्य मालामति राना थारुले सरकारले ल्याएको नीति तथा कार्यक्रम योजनावद्ध रुपमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले विगतका विषयवस्तुलाई नै तोडमोड गरेर नीति तथा कार्यक्रममा राखिएको बताउनुभयो । ‘पहिलेकै विषयहरुलाई तोडमोड गरेर नीति तथा कार्यक्रम ल्याइएको छ’, रानाले भन्नुभयो । ‘घुमाउरो पारामा शंसोधन गरी आएको नीति तथा कार्यक्रम दीर्घकालीन हुन सक्दैन ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युग सुहाउँदो विकासको कुरा एक प्रतिशत पनि नरहेको उहाँको आरोप थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरु दुर्गाकुमारी कामी, माया भट्ट, कुन्ती जोशी, मालामति राना, दिव्यश्वरी शाह, अर्चना गहतराज, कुमारी नन्दा बम माया बोहरा तामाङले भाग लिनुभएको थियो ।
नागेन्द्रकुमार कण महोत्तरी, जेठ २५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको जनमत विभाजन हुन नदिन आफू अगाडि बढ्ने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नवनिर्वाचित पदाधिकारीहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्नुहँदै उहाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)लाई मधेशको जनमत विभाजन हुन नदिनको लागि स्पष्ट हुन आग्रह गर्नुभयो ।उहाँले मधेश र मधेशीको लागि छाती चौडा गरेर आउन आग्रह गर्नुहुँदै आगामी निर्वाचनमा एकजुट भयौं भने मधेशको जनमतको सम्मान समेत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुले के दिन्छ, दिँदैन तथा यसले मधेशलाई के फाइदा वा बेफाइदा हुन्छ, स्पष्ट भएर आउन म लोसपा पार्टीलाई आग्रह गर्न चाहन्छु ।’विगतमा मधेशको जनसंख्या ४६ प्रतिशत रहे पनि अहिले ५३ प्रतिशत जनसंख्या भएकाले सोही अनुपातमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने बताउनुभयो । नागरिकता अभावमा लाखौं जनता मताधिकारबाट बञ्चित हुनुपरेको जानकारी दिनुहुँदै उहाँले सदनबाट नागरिकता विधेयक पारित गरेर नागरिकता वितरण गरिन् कुरामा जोड दिनुभयो । उहाँले संघीयतालाई फेल गराउन प्रतिगमनकारी शक्तिहरु लागिपरेको बताउनुहुँदै उहाँले सचेत हुन सबैमा आग्रह गर्नुभयो ।