यस वर्ष प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासंघ सञ्चार अनुगमन इकाईमा परेका तीन सयभन्दा बढी उजुरी मध्ये ७५ वटा घटना प्रेस स्वतन्त्रता हननको रहेको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो ।
केही समयअघिसम्म सुनसान रहेका होटल, रेस्टुराँ र पार्टी प्यालेस अहिले भरिभराउ देखिन थालेका छन् । विदेशी र आन्तरिक पर्यटकको चहलपहल बढेसँगै स्तरीय होटल र पार्टी प्यालेसमा भीडभाड बढेको हो । अध्यागमन विभागका अनुसार अप्रिल महिनामा मात्रै ५८
गोरखापत्र समाचारदाताकाठमाडौं, वैशाख २० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रविधि पत्रकार मञ्चले सोमवार आयोजना गरेको ‘डिजिटल नेपाल निर्माणका समस्या’ विषायक छलफल कार्यक्रममा उहाँले डिजिटल नेपाल कार्यान्वयनका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।‘डिजिटल फाउन्डेसनका नीति कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो काम राजमार्ग बनाउने हो । यसमा गाडी गुडाउने काम निजी क्षेत्र र अन्यले गर्ने हुन् । तर, बाटो बनाउने काम पनि सरकार एक्लैले गर्न सक्दैन । सबैको सहयोग आवश्यक पर्छ ।’कार्यक्रममा सचिव अर्यालले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको काम स्तरीय नभए पनि ठिकै गतिमा रहेको बताउनुभयो । ‘यसको कार्यान्वयन स्तरीय छ त म भन्दिन तर यसमा सरोकारवाला सबैको भूमिका आवश्यक हुन्छ’ उहाँले भन्नुभयो । डिजिटल नेपालका लागि सबैभन्दा पहिले यसको आधारशिला तयार हुनुपर्ने भएकोले त्यसका लागि आवश्यक लगानी जुटाउन छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।त्यस्तै उहाँले डिजिटल नेपाल फ्रेमवर्कलाई सुधार गर्न सरकार तयार रहेको बताउनुभयो । फ्रेमवर्कभित्रका कतिपय पहल एकपछि अर्को गरी क्रमैसँग अघि बढाइरहेको र केहीलाई समानान्तर रुपमा कार्यान्वयनमा ल्याउन सकिने बताउनुभयो ।कार्यक्रमको छलफल सत्रका सहभागीहरुले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि डिजिटल साक्षरता बढाउनुपर्ने, पछिल्लो समय भित्रिएका प्रविधिलाई समावेश गर्नुपर्ने र डेटा सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकालले डिजिटल नेपाल फ्रेमवर्कलाई ‘गाइडिङ फ्रेमवर्क’का रूपमा व्याख्या गर्दै यसका पहलहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जानुपर्ने भनाइ राख्नुभयो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ डिजिटल फाउन्डेसनका लागि आफूहरूले काम गरिरहेको जानकारी दिनुभयो । प्रक्रियागत अवरोध र सरोकारवालाहरूसँग समन्यवयको अभावले समस्या निम्याएको उहाँको भनाइ थियो ।डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका विषयमा सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य नहुनु नै समस्याका रुपमा रहेको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घका पूर्वउपाध्यक्ष पाण्डेले बताउनुभयो ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैसा, डिजल १० रुपियाँ १८ पैसा र हवाई इन्धन सात रुपियाँ १२ पैसाले बढेर आएको छ । यस्तै ग्यासमा प्रतिसिलिन्डर ११८ रुपियाँ बढेर आएको निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखका नयाँ मूल्य पठाउने गर्छ । निगमका अनुसार मूल्य बढेर आएकाले घाटा पनि बढ्नेछ । प्रतिलिटर पेट्रोल
प्रदेशमा मिडिया नामक पुस्तक सोमबार सार्वजनिक भएको छ । यो पुस्तकमा सङ्घ र प्रदेशहरुमा रहेका मिडियाको अवस्थालाई केलाइएको छ । पुस्तकका अनुसार नेपालमा आठ हजार ९५३ सञ्चार माध्यम छन् । जसमा चार हजार ७८९ पत्रिका, ८८० एफएम रेडियो, १६४ टेलिभिजन र तीन हजार १२० अनलाइन समाचार माध्यम छन् । नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारहरुको संख्या १३ हजार ७७ छ ।
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकमा चुनावी सरगर्मी बढेको छ । मोरङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने चर्चित तीन जना नेतालाई छक्याउँदै काँग्रेस मोरङका उपसभापतिसमेत रहेका नागेश कोइरालाले सत्तारूढ गठबन्धनबाट प्रमुख पदको टिकट हासिल गरेपछि तातिएको विराटनगरको चुनावी माहोल उच्च चर्चामा छ । तरुण तलको राजनीतिबाट मोरङ काँग्रेसको सचिव हुँदै उपसभापति बन्नुभएका कोइरालाको प्रमुख पदको प्रतिस्पर्धा र राजनीतिक छलाङले समेत महानगरमा उत्तिकै चर्चा बटुलेको छ । काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालानिकट मानिने नागेशको चुनावी दौडलाई
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को नेतृत्वका हिसाबले आफू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधंै साथमा रहेको विश्वास दिलाउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्र्देश दिँदै उहाँले नेपाली सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने अपेक्षा पनि गर्नुभएको छ ।
दिगो विकासका अभियन्ता तथा गायक रोहनरत्न बागचन्दले नेपालगञ्जबाट जस्टिस कन्सर्ट साङ्गीतिक अभियानको थालनी गर्नुभएको छ । दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानीयकरणका लागि विभिन्न गतिविधि गर्दै आउनुभएका गायक रोहनरत्न बागचन्दले विश्वमा बढ्दै गएको विभेद, हिंसा र गरिबीका कारण पुनः सबै मानव जातिले न्यायप्रति प्रतिबद्धता जनाउनुपर्ने बताउँदै न्यायलाई नदीझैँ बग्न देऊ भन्ने गीतबाट आफ्नो प्रस्तुति सुरु गर्नुभयो ।
लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा ‘रुग्ण उद्योग सञ्चालन तथा व्यवस्थापनसम्बन्धी’ कार्यदल गठन भएको हो । कार्यदलले अध्ययन गर्न एक महिनाको समय पाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेक्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
महिला उम्मेदवारले स्थानीय तहको निर्वाचनको मुद्दामा भौतिक विकासलाई भन्दा सामाजिक सुशासनको विषयमा जोड दिएका छन् । काठमाडौँ, ललितपुर महानगरपालिका र टोखा नगरपालिकाका विभिन्न क्षेत्रबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका महिला उम्मेदवारले सामाजिक सुशासनका विषयलाई बढी प्राथमिकता दिएका हुन् ।
कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकामा -याफ्टिङ सञ्चालन भएको छ । र्यटन प्रवद्र्धनका लागि यी दुई गाउँपालिकाले कर्णाली नदीमा -याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेपछि -याफ्टिङ सुरु गरिएको हो । पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचालझरना गाउँपालिकाको लाफा पडेक्षासम्म चार किलोमिटरमा -याफ्टिङ सञ्चालन गरिएको छ । एक कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादर शाही, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्मर शाहीलगायतको टोलीले चार किलोमिटर -याफ्टिङ गरेको छ ।
लुम्बिनी प्रदेशका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका उम्मेदवारलाई आह्वान गरेका छन् । स्थानीय तहको निर्वाचनमा एकल महिलाको मत निर्णायक हुने भएकाले आफ्ना समस्यामा ध्यान दिन एकल महिलाले उम्मेदवारको ध्यानाकर्षण गराएका हुन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोलले हरायो ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ ।