• २३ पुस २०८१, मङ्गलबार

माओवादीको केन्द्रीय समिति बैठक असार १५ गते

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २६ गते । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्य समितिको बैठक असार १५ गते बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले काठमाडौंमा बस्ने सो बैठकमा मुख्यगरी पार्टी संगठन, कार्यविभाजनका विषयमा छलफल हुनेछ ।

“बैठकमा संगठन, कार्यविभाजन, स्थायी समिति, केन्द्रीय समितिलाई पूर्णता दिने काम बाँकी छ । यसैगरी, पोलिट्ब्यूरो समिति र पार्टी प्रवेश गरेकाहरुको जिम्मेवारीको विषय छ ।”

केन्द्रीय समितिको बैठक यी नै विषयमा केन्द्रित हुने ढकालले बताउनुभयो । उहाँले बैठकमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा हुने बताउनुभयो । आगामी हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे पनि छलफल हुनेछ ।

पछिल्लो समय, गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)ले पार्टीको मन्त्रीहरु हेरफेर गर्ने निर्णयको दबाब माओवादीमा पनि परेको भन्ने विषयमा यसबारे पार्टीमा कुनै पनि छलफल नभएको उहाँले बताउनुभयो । “त्यस्तो केही होइन, केही पनि छलफल चलेको छैन ।

यदि त्यस्तो भयो भने त्यसबारे पनि केन्द्रीय समितिको बैठकमा छलफल होला ।” उहाँले भन्नुभयो ।