• १३ असोज २०८१, आइतबार

चितवन हत्या प्रकरणमा सम्लग्न तीन जना पक्राउ

blog

शालिग्राम नेपाल 

चितवन, जेठ २६ गते । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान)को हत्या प्रकरणमा सम्लग्न तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई थुनामा राखी थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ । 

वैशाख २५ गते साँझ ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.७ कृष्णपुरस्थित पन्चेश्वर नगर प्लटिङ्गको बाटोमा मोटरसाइकलमा आएका व्यक्तिहरूले  अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।