दिनभरि खेतमा पाकेको मकै रुँग्दा थकित भएका इलामका किसान बाँदर धपाउने उपकरण निर्माण गरेर प्रयोगमा ल्याउन थालेका छन् । इलाम नगरपालिका–५ मा बाँदर धपाउन नयाँ प्रविधि सफल भएपछि अन्य वडाका किसानले पनि सोही प्रविधि निर्माण र प्रयोग गर्न थालेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई सूक्ष्म तरिकाले बुझेर समाधान गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा मन्त्री कुँवरले सो कुरा बताउनुभएको हो ।
नेपालको महिला राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार अन्तर्राष्ट्रिय खेलकुद सामग्री तथा पोसाक कम्पनी लिनिङको सद्भावना दूतमा नियुक्त हुनुभएको छ । पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यावसायिक फुटबल खेलिसकेकी एन्जिला र लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड लिङ्क कम्पनी प्रालिका सीईओ राजन महर्जनबीच शुक्रबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एन्जिला दुई वर्षका लागि लिनिङको सद्भावना दूत बन्नुभएको हो ।
कर्णाली प्रदेश सभाबाट दुईवटा विधेयक पारित भएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सहकारी ऐन–२०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
नेपाल–चीन सिमानासम्बन्धी परामर्श संयन्त्रको बैठकमा दुई देशको सीमा व्यवस्थापनसँगै व्यापार मार्ग सञ्चालन गर्ने सहमति भएको छ । बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी आदानप्रदान गर्नुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गुल्मीमा सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा समन्वय प्रमुख द्रोणबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक धरोहर मानिन्छ । युगको हिसाबले गोरखापत्र सवा एक शताब्दीभन्दा बढी समय नाघिसकेको छ । त्यसैले त पत्रकारिताको अनौपचारिक खुला विश्वविद्यालयको रूपमा दरिन पुगेको छ । यो गोरखापत्रकर्मी मात्र होइन पाठकका निम्ति गर्वको विषय हो ।
व्रत, पूजा, उपवास, तीर्थ, जप आदि जुनसुकै काम गर्नुभन्दा पहिले सङ्कल्प गर्नुपर्छ । बिना सङ्कल्पको कामको फल आधा मात्र प्राप्त हुन्छ । कुनै पनि शुभ कर्म अगाडि प्रतिज्ञा सङ्कल्प आवश्यक हुन्छ । सङ्कल्प गर्दा तिथि, बार, नक्षत्र, पक्ष, योग, करण, सूर्य, चन्द्र, बृहस्पति, शुक्र ग्रहहरूको स्थिति, नाम, महिना, ऋतु र क
नेपालमा मनसुन सुरुवातसंँगै देशैभरका धेरै सडकको अवस्था दयनीय देखिन थालेको छ । एक महिनाअघि मात्रै मुग्लिनमा सडक भासिँदा सर्वसाधारण नागरिकको मृत्युवरण भयो भने पोखराको अति व्यस्त सडक भासिएको समाचारसमेत आएका छन् ।
जनता समाजवादी पार्टी ( जसपा )ले आगामी सङ्घ र प्रदेशको निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । वीरगञ्जमा बसेको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जसपाका केन्द्रीय अध्यक्ष यादवले निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताउनु भएको हो ।
हाम्रोजस्तो विकासोन्मुख मुलुक सर्ने र नसर्ने दुवै रोगको जोखिममा पर्छ । जसका कारण देशको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपालमा गरिएको एक अध्ययनअनुसार रोगको भारमध्ये झन्डै ५० प्रतिशत नसर्ने रोगले ओगटेको पाइन्छ ।
सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको २४ किलोमिटर क्षेत्रमा पहिलो पटक पानी छोडिएको छ । असारको महिना बितिसक्दासमेत पर्याप्त वर्षा नभइरहेको अवस्थामा बाँकेको पूर्वी क्षेत्रका किसानका लागि सिक्टा सिँचाइ आयोजनाले पानी दिएको हो ।आयोजनाको मूल बाँध अगैयाबाट निर्माणाधीन पूर्वी मूल नहरको २४ किलोमिटरमा शुक्रबारदेखि पानी बगाएपछि सो क्षेत्रका दुई हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाका निर्देशक डा. सन्तोष कैनीले बताउनुभयो ।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले सिटी स्क्यान मेसिन खरिद नगर्ने निर्णय गरेको छ । सिटी स्क्यान मेसिन खरिदसम्बन्धी विवाद सार्वजनिक भएपछि तत्कालका लागि खरिद नगर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो ।हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि सिटी स्क्यान मेसिन नगर्ने निर्णय गरेको हो ।