• २ असार २०८१, आइतबार

प्रदेश सभाबाट दुई विधेयक पारित

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, असार ३२ गते । कर्णाली प्रदेश सभाबाट दुईवटा विधेयक पारित भएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सहकारी ऐन–२०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो । 

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले दुवै विधेयक पारितका लागि प्रदेश सभा बैठकमा प्रस्ताव गर्नुभएको थियो । सभामुख राजबहादुर शाहीले दुवै विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो । सामाजिक विकास समितिमा व्यापक छलफल गरेर विधेयक सभामा पेस गरिएको मन्त्री शाहीले बताउनुभयो ।

खाद्य तथा पोषण सुरक्षा सुनिश्चित, खेतीयोग्य जमिनको सदुपयोग गरी कृषिमा आधुनिकीकरण, उत्पादनको विविधीकरण, बजारीकरण, सामूहिक खेती प्रवद्र्धन गरी व्यवसायबाट उत्पादन वृद्धि गरी समग्र कृषि क्षेत्रको विकास गर्ने र खाद्य सुरक्षाको प्रत्याभूत गर्न कृषि व्यवसाय प्रवद्र्धन गर्न कृषि ऐन निर्माण गरिएको उहाँले बताउनुभयोे । 

ऐनमा कृषि व्यवसायको बजारीकरण, बजार प्रणालीको अवलोकन, कृषकलाई सुविधा, ब्याज अनुदान, अनुदान, व्यवसायका लागि जग्गा चक्लाबन्दी गर्न सकिने, कृषि व्यवसायका लागि आवश्यक सामग्रीको मापदण्डलगायतका व्यवस्थागरिएको छ ।

यस्तै प्रदेश सहकारी ऐन–२०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक पनि सर्वसम्मत पारित भएको  छ । संशोधनका क्रममा समावेश गरिएको सहकारी विकास बोर्ड स्थापना गर्नेलगायतका विषयहरू विधेयकका अङ्ग हुने गरी पारित गरिएको छ । प्रदेश सभाको अर्को बैठक साउन ३ गते मङ्गलबार दिउँसो ३ बजे बस्ने बताइएको छ ।