नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सङ्घीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का चारवटा पानी उद्योगको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परिवारले दिनुभयो ।
राष्ट्रिय गौरवका परियोजनाअन्तर्गत सञ्चालित आयोजनाको लागत र समय वृद्धि भएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा ढिलाइ भएको औँल्याएको हो ।
भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चारजना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका १० घारीखोलाका गोपाल केसीको घरमा विहीबार बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक हात पा-यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत
अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका–२ घट्टेखोलाको भीषण बाढीले तातोपानी नाका जोड्ने सडक क्षतिग्रस्त भएको छ । नेपाल–चीन तातोपानी नाका जोड्ने कोदारी लोकमार्गको बिभिन्न खण्डमा सडक माथिबाट आएको बाढी र भेलले उक्त सडक क्षतिग्रस्त भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । जसअनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको बर्दिवास, बागमतीको रामपुर चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर केन्द्र स्थापना हुने भएका छन् ।
प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश १ मा पहिलो पटक इटहरी चोकमा ट्राफिक लाइट जडान गरिएको छ । इटहरी उपमहानगरपालिका–६ को कार्यालयको सक्रियतामा प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २६ लाख रुपियाँको सहयोगमा ट्राफिक लाइट जडान गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले धनगढी उपमहानगरपालिकालाई २५ लाख ५३ हजार रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्न प्रदेश सरकारले सो सहयोग गरेको हो ।
बाजुराको त्रिवेणी नगरपालिकाको वडा नं –८ ले वडाका एकल तथा विपन्न परिवारका महिलालाई प्रोत्साहन गर्न सुत्केरी भत्ता वितरण गरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको न्युकाम्बुस्डन क्रिकेट मैदानमा नेपाललाई घरेलु टिमले सजिलै हराउने अपेक्षा गरिएको थियो । सो मैदानमा गत आइतबार स्कटल्यान्डले नामिबियाविरुद्ध शानदार जित हात पारेको थियो भने नेपाललाई नामिबियाले नराम्ररी पछारेको थियो तर सबै समीकरणलाई उल्ट्याउँदै नेपालले स्कटल्यान्डविरुद्ध पाँच विकेटको ठूलो सफलता हात पारेको छ । नेपाल र स्कटल्यान्डबीचको यो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल हो । त्यसैले पनि नेपालका लागि यो जित ऐतिहासिक बनेको छ ।