गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुभएको छ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीले सोमबार निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका छन् ।
चुनावी सभामा एक्कासि अचेत हुनुभएका नेपाली काँग्रेसका नेता डा. शंशाक कोइराला खतरा मुक्त हुनुहुन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको छ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री एवम् रुपन्देही २ बाट प्रतिनिधि सभाका उम्मेदवार विष्णु पौडेलले एमालेले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बेरोजगारी समस्या समाधानमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता नरहरि आचार्यले युवाले मात्र विकासको ढोका खुलाउन सक्ने बताउनुभयो।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भावी प्रधानमन्त्रीका बारेमा अहिलेसम्म गठबन्धनका बीचमा कुनै टुङ्गो नभएको बताउनुभएको छ ।
दक्षिणी सीमावर्ती क्षेत्रस्थित सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा आइतबार दिउँसो चुनावी प्रचार प्रसारमा हिँडेको स्कारपियोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
सयपत्री फूलबाट धनकुटाका किसानले लाखौँको आम्दानी गर्नुभएको छ । धनकुटा नगरपालिका ५ स्थित कर्मिटारमा बसोबास गर्दै आउनुभएका गोविन्द श्रेष्ठले सयपत्री फूलखेतीबाट राम्रो आम्दानी गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताउनुभएको छ । आइतवार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक ‘एक बाघी’ लोकार्पण समारोहमा उहाँले सो कुरा बताउनुभयो । हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
म्याग्दीको एउटै गाउँबाट वार्षिक रुपमा ३ करोड रुपियाँभन्दा बढीको दूध विक्री हुनेगरेको छ । बेनी नगरपालिका –४ सिंगा गाउँका किसानले व्यावसायिक रुपमा भैंसीपालन मार्फत दैनिक रुपमा करिब ७ सय पचास लिटर दूध विक्री गर्नेगरेका छन् ।
नेपाल सरकारका गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा प्रतिनिधि सभा उम्मेदवार समेत रहनुभएका बालकृष्ण खाणले आफ्नो निर्वाचन क्षेत्रमा दीर्घकालीन महत्त्वका योजना समावेश गरेर चुनावी संकल्पपत्र सार्वजनिक गर्नुभएको छ ।