खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष किसानबाट तीन लाख क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनीले सरकारले तोक्ने न्यूूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागेको हो। कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गरी आफ्नै मिलमा कुटाएर चामल बिक्री गर्दै आएको छ।
तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ। तिहारको तुलनामा छठमा केरा महँगो भएको छ। छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शनिबार केरा प्रतिदर्जन १२० देखि १३५ रुपियाँमा कारोबार भएको छ। जब कि तिहारमा प्रतिदर्जन ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो।
आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ मा प्राध्यापक र पूर्वप्रहरी प्रमुखबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारूढ गठबन्धनको साझा उम्मेदवारका तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र नेकपा एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चुनावी मैदानमा हुनुहुन्छ। सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुप्रसाद आचार्यसमेत चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ।
पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना परि २५ जना घाइते भएका छन् ।
अनिश्चितकालका लागि बन्द गरिएको प्याराग्लाइडिङ उडान पुनः सञ्चालनमा आएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध लगाएको थियो।
रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग बन्द भएका छन्। स्टिलको कच्चापदार्थ एमएस ब्लेड र स्पन्ज आइरन आयातमा भन्सार महसुल र अन्तःशुल्क वृद्धिले उत्पादन लागत बढाएकाले उद्योग बन्द गर्नुपरेको उद्योगीहरूले बताएका छन्।
अछामको रामारोशन गाउँपालिका–१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो। खेतसँगै वर्षभरि खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नं. २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ, नेकपा (एमाले)का कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच प्रतिस्पर्धा हुने देखिएको हो।
सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै सर्लाहीको क्षेत्र नं. २ मा गठबन्धनकै दुई दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेत समेटेर उम्मेदवारको नामावली सार्वजनिक गर्दै सर्लाही क्षेत्र नं. २ मा गठबन्धनभित्रकै दुई दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र लोसपाका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख गरिएको हो। यो क्षेत्रमा माओवादी केन्द्रबाट महिन्द्रराय यादव र लोसपाबाट राजेन्द्र महतोले उम्मेदवारी दिनुभएको छ।
तिहार पर्वमा गैरकानुनी रूपमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ तथा ललितपुबाट ३२ जना जुवाडे पक्राउ परेका छन्। काठमाडौँको नागार्जुन नगरपालिका–७, स्विट्जरल्यान्ड पार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यु रिसोर्ट प्रालिबाट १८ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाली कांग्रेसले तीन वर्षभन्दा कम उमेरका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा तीन वर्षसम्मका बालबालिका र ७३ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको शुभकामना दिँदै यस पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनुभएको छ।
नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीलाई भैरहवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति व्यवसाय नभई सेवा भएको बताउनुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश व्यक्त गर्नुभएको हो ।