वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ।
महोत्तरीको भंगाहा नगरपालिका वडा नं ८ मा कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठ पर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको विवादमा असमान्य स्थिति सिर्जना भइ भएको घटनाको छानबिन समिति गठन भएको जानकारी दिइएको छ ।
जापानमा कारहरूमा पूर्णरूपमा नयाँ प्रयोग भइरहेको छ ।
तिहारको भोलिपल्ट अर्थात् आज जिल्लाकै ठूलो सराएँ मेला लागेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलबीचको गठबन्धनलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धन दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलल सो आग्रह गर्नुभएको हो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –२ थेचम्बुमा शुक्रबार एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार थेचम्बु श्यामचौकका राजकुमार माबोकी श्रीमती ४७ वर्षीया निर्मला इजम लिम्बू मृत फेला परेकी हुन् ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेपछि देश विकास ठप्प भएको बताउँदै आँउदो मङ्सिर ४ पछि राष्ट्रबादी शक्तिहरु सम्मिलित सरकार बन्ने बताउनुभएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीले खेलेको सिर्जनात्मक भूमिकाको छुट्टै महत्व
गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको साझा नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको चुनिन पाउने अधिकार हनन् हुनेखालका सामग्रीहरू पोष्ट गरिरहे भन्दै आयोगको यस्तो भनाइ आएको हो ।
भियतनाममा यसवर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा १०२ जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
हिन्दु धर्ममा आस्थाको पर्व मानिने छठ पर्व विधिवत् रूपमा सुरु भएसँगै बजार भाउ आकासिएको उपभोक्ताहरूको भनाइ छ । पोहोर परारको छठ पर्वको बेला सय र दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले चार सयदेखि हजार रुपियाँसम्म पर्ने स्थानीयले बताउनुभयो ।
यही कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको प्रधानमन्त्री (पीएम) कप क्रिकेटका लागि मधेश प्रदेश टोलीको घोषणा गरिएको छ ।