विचारको झन्डाले मार्गदर्शन गराउँछ र सही मार्गले नयाँ अध्याय खोल्छ। विविध एजेन्डा र विशाल लक्ष्य पूरा गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को बीसौँ राष्ट्रिय महाधिवेशन कात्तिक ५ गते (२०२२, अक्टोबर २२) बेइजिङमा सफलतापूर्वक सम्पन्न भएको छ । माक्र्सवादी राजनीतिक दलका रूपमा एक सय वर्षको सङ्घर्षबाट गुज्रिएको, चिनियाँ राष्ट्रको महान् उद्देश्य र मानव शान्ति तथा विकासको उच्च उद्देश्यमा समर्पित चिनियाँ कम्युनिस्ट पार्टीले धेरै
नेपालमा निर्वाचनको सरगर्मी सुरु भइसकेको छ। आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै पटक हुँदै छ। यस अर्थमा यो चुनाव नेपाल र नेपालीको भविष्य निर्माणका लागि अति नै महत्वपूर्ण मानिएको छ। निर्वाचन आयोग पनि निर्भयतापूर्वक निर्वाचन आचारसंहिता पालना गराउन कम्मर कसेर लागिपरेको छ।
युरोपको झझल्को दिने सिक्किमको राजधानी गान्तोकको प्रख्यात महात्मा गान्धी (एमजी) रोडबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ– रन्देबु होटल। गान्तोकमा रहेको सोही होटलमा २५ वर्षदेखि वेटर छन्, गणेश बस्नेत। सिक्किमका पूर्व प्रमुख सचिव सोनाम वाङ्दीको रन्देबु होटलको नाम फ्रेन्च भाषाको हो, जसको अर्थ हुन्छ भेटघाट। भाषा, संस्कृति, रहनसहनजस्ता हिसाबले नेपाल र सिक्किमबीच धेरै कुरामा समानता पाइन्छ।
हिन्दुहरूको महान् चाड छठ पर्वको विशेष महत्त्व छ। तराईबाट सुरु भएको शताब्दीयौँदेखि मनाइँदै आएको यो पर्वको विशेषता खासमा सूर्य उपासना हो। हिन्दु धर्मावलम्बीले प्राचीनकालदेखि नै सूर्य उपासनाको व्रत गर्दै आएका छन्। वैदिक साहित्यमा सूर्य उपासनाको विशद वर्णन गरिएको छ। ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ, त्यहाँ भनिएको छ, ‘सूर्य आत्मा जगतस्य, स्थुपश्च।’ अथर्ववेदमा त सूर्यलाई ब्रह्मको साकार रूप नै मानिएको छ। ‘ॐ आशाव्यदिव्यौ ब्रह्म,’ त्यस्तै सूर्यलाई भगवान् भनिएको छ– ‘भग एवं भगवाँ अस्तु देवः सर्वो भगपुर एताभ मेव।’
राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातासामु पार्टीको घोषणापत्र आज(सोमबार) बिहान सार्वजनिक गर्ने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनद्वारा मतदाता समक्ष घोषणापत्र पेस गर्ने गरी कार्यक्रम तय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
दलका नेता, कार्यकर्ता भोट माग्न गाउँगाउँ घुमिरहेका बेला कैलालीका किसानलाई भने धान भित्र्याउन भ्याइनभ्याइ छ । धान पाकिसकेकाले अब पनि भित्र्याउन ढिला गर्दा क्षति हुने भएकाले किसान धान भित्र्याउन व्यस्त भएका हुन् । किसानलाई तिहारमा समेत धान भित्र्याउन धमाधम थियो । धान पाकेर बाला टुट्ने अवस्थामा पुगेकाले चाडपर्व मान्दै धान भित्र्याउने काम गरिएको कैलारी गाउँपालिका–७ का कृषक खोजरामीदेवी चौधरीले बताउनुभयो ।
दशैँ, तिहारजस्ता चाडपर्व सकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । किसान यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची औल क्षेत्रमा भदौदेखि सङ्कलन गर्न सुरु गरिन्छ । लेकाली क्षेत्रमा मङ्सिर महिनासम्म सङ्कलन गर्ने गरिन्छ ।
दार्चुलाका एक बालकको मृत्युको घटनालाई लिएर नेपाल सरकारले आइतबार भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। महाकाली नदीपारि भारतीय पक्षले सडक निर्माण गर्ने क्रममा गराइएको विस्फोटबाट ढुङ्गा उछिट्टिएर लाग्दा दार्चुला जिल्लाको व्यास गाउँपालिकाका १२ वर्षीय पवन महराको ज्यान गएको थियो।
सोमबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उम्मेदवार मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन्। इलामको क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार झलनाथ खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा हुनुहुन्छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नं. १ मा गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेका छन्।
ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. तोसिमा कार्कीको मनोनयन रद्द विवादमा परेको छ। निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै शनिबार कार्कीको उम्मेदवारी खारेज गरेको थियो।
नेकपा माओवादी केन्द्रीय समितिले दिएको निर्देशन माओवादीकै उम्मेदवारले अवज्ञा गरेपछि रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदको चुनाव निकै रोचक बनेको छ। माओवादीबाट टिकट पाई उम्मेदवारी दिनुभएका धिरज पटेलले नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहलाई समर्थन गर्न अस्विकार गरेपछि सो क्षेत्रको निर्वाचन रोचक बनेको हो।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको प्रादेशिक निकायका रूपमा रहेको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा दुई जना कार्यालय प्रमुख भएपछि समस्या उत्पन्न भएको छ। प्रदेश नम्बर १ मा राजस्व चुहावट तथा नियन्त्रणसम्बन्धी काम गर्दै आएको राजस्व अनुसन्धान कार्यालयमा दुई जना प्रमुख भएपछि कसलाई आधिकारिक मान्ने भन्ने विषयमा विवाद देखिएको हो।
कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै गत वर्षदेखि नै लयमा फर्किएको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएका हुन् । उक्त तथ्याङ्कमा काठमाडौँबाहिर रहेका छवटा श्रम कार्यालयबाट लिइएको पुनः श्रम स्वीकृतिको तथ्याङ्क समावेश गरिएको छैन ।
पाल्पाली ढाकाबाट बनेका सामग्री ‘कोसेली’ (उपहार)का रूपमा प्रयोग हुने क्रम बढेको छ । तानसेन घुम्न आउने मानिसले पाल्पाली चिनोका रूपमा आफन्तलाई ढाकाबाट बनेका चोली, पछ्यौरी, सारी, टोपी, इस्टकोट, पर्स, हाते झोला कोसेलीका रूपमा लैजाने गरेका हुन् ।