• १३ साउन २०८१, आइतबार

डा. शंशाक खतरा मुक्त

blog

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत डा. शशांक कोइराला ।

वसन्त पराजुली

भरतपुर कात्तिक १३ गते । चुनावी सभामा एक्कासि अचेत हुनुभएका नेपाली काँग्रेसका नेता डा. शंशाक कोइराला खतरा मुक्त हुनुहुन्छ ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहनुभएका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको जनाउनुभयो ।

उहाँँको परीक्षण रिपोर्टहरुमा केही पनि नकारात्मक नरहेको र अहिले होशमै रहनुभएकाले २४ घण्टाको निगरानी पछि पनि यही अवस्था रहे अस्पतालले डिस्चार्ज गर्ने प्रधानले बताउनुभयो ।

डां कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबर दिउँसो अचेत हुनुभएको थियो ।