बूढीगङ्गा नगरपालिका–१, अम्कोट बस्ती १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको छ। १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको अम्कोट बस्ती अहिलेसम्म कतै स्थानान्तरण हुन सकेको छैन। बस्ती स्थानान्तरण नहुँदा अम्कोटका १०६ घरपरिवार बाढीपहिरोको जोखिम भएकै ठाउँमै बसोबास गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका स्थानीय पारु पाध्यायका अनुसार पहिरोले अम्कोटको गाउँ चिराचिरा पारेको छ। बर्खाको समय थोरै पानी परे पनि बग्न सुरु हुन्छ। आफूलाई सुरक्षित हुने कतै ठाउँ नभएपछि बर्खामा पनि यही घरमा बस्नुपर्ने सोच बनाएको पाध्यायले बताउनुभयो।
माघ महिना थियो, दिनहरू धुम्मिएका थिए । पानी परेपछि जाडो बढ्दै थियो । त्यही बखत शरद्को छोरीको जन्म भयो । जन्मिएको केही समयपछि नर्सले छोरीलाई आमासँग ल्याएर सुताइदिइन् । आफूसँगै सुतिरहेकी छोरीको हातका औँलाहरू छोरीकी आमाले छाम्न थालिन् । औँला छामिरहँदा उनी झसङ्ग भइन् । उनले छोरीको औँला त चारवटा मात्र भएको पाइन् । छोरीको अर्को हातको आँैला पनि छामिन्, त्यसमा पनि चारवटा मात्र भएको उनले फेला पारिन् ।
बाटो नाङ्गो थियोे बाटो नाङ्गो थियोे, उदाङ्ग थियोे उत्ताउलो थिएन
प्राकृतिक सौन्दर्यले सजिएको ऐतिहासिक एवं सांस्कृतिक नगर हो पनौती । कलापूर्ण मूर्तिहरू र मन्दिरहरूले सजिएको यो नगर कलात्मक छ । शचीतीर्थ, उत्तरप्रयाग, पावनधाम आदि उपनाम पाएको यो नगर धार्मिक आस्थाको केन्द्रविन्दु हो ।
म धरती/म जननी उमार्नु छ मैले जमिनरूपी कोखमा नवजीवनका टुसाहरू ।
विभिन्न संस्कृति, परम्परा र त्यसभित्रका अन्य विषयमा केन्द्रित भएर साहित्य सिर्जना गर्ने क्रम नेपाली साहित्य जगत्मा बढिरहेको छ । यसैक्रममा रत्न प्रजापतिको ‘रित्तो रथ’ कथा सङ्ग्रह बजारमा आएको छ । यस सङ्ग्रहका कथामा नेवारी संस्कृति र त्यस संस्कृतिभित्र अन्तर्निहित यौन मनोविज्ञानलाई रोचक रूपमा प्रस्तुत गरिएको छ । ‘रित्तो रथ’का अधिकांश कथामा यौनिक झलक पाइन्छ । सङ्ग्रहमा बत्तीसवटा कथा समावेश छन् । सामाजिक विषयमा लेखिएका कतिपय कथामा यौनमनोविज्ञान सुटुक्क घुसेको पाइन्छ । सामाजिक विकृति विसङ्गतिप्रति रोचक ढङ्गले प्रहार गर्नु प्रजापतिका कथा वैशिष्ठ नै हुन् । नेवारी संस्कृति र यसभित्र जोडिएका विविध प्रसङ्गबाट कथावस्तु ग्रहण गरी कथा लेखनमा सक्रिय प्रजापतिका ‘बिसन्चो’, ‘सेतो बादल’, ‘बदाम बेच्ने केटी’, ‘स्वच्छन्द साँझ’ आदि कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
नौजवान मेडिकल डाक्टर गम्भीर बिरामी बालकलाई बचाउन दिनरात खट्नुहुन्छ । आफूले जानेका सबै नुस्खा प्रयोग गर्नु हुन्छ तर बालकमा कुनै सुधार हुँदैन । नौजवान डाक्टर नरमाइलो मानेर बालकको छेउमा उभिरहनुहुन्छ । एक जना नेपालतिरका साधु अकस्मात आइपुग्छन् । साधुले बिरामी बालकलाई मायालु पाराले सुम्सुम्याउँछन् । केही मन्त्र पढ्छन्– ‘फु फु चट्’ भन्दै आफूसँग भएको खरानीको टीका लगाइदिन्छन् । केहीबेरमै बालक खेल्न थाल्छ । एक किसिमको चमत्कार हुन्छ । विज्ञानमाथि अध्यात्मले विजय पाउँछ । विज्ञानको स्रोत पनि त अध्यात्म नै हो । कश्मीरका सम्भ्रान्त दुर्गा पण्डितका सन्तान, बेलायतबाट डाक्टर उपाधि पाएर कलकत्ता मेडिकल कलेजमा कार्यरत त्यो बेलाका विश्वप्रसिद्ध नौजवान डाक्टरको मनमा चिसो पस्छ । आफ्नो ज्ञान, शिक्षा र पेसादेखि दिक्क लाग्छ । कसैगरी चित्त बुझ्दैन । अनि यी सबै छोडेर उहाँ बनारसति
गत असारमा कामविशेषले केही दिन गोठलापानी, बैतडी जानुपर्ने काम आइप¥यो । त्यसो त यसअघि पनि २०७४ सालमा डडेल्धुरा हुँदै बैतडीको केही दिनको बसाइपछि गोकुलेश्वर, मालिकार्जुन दर्शन गरी दार्चुलासम्म गएको थिएँ । यो पटक परिवारका सदस्यसहित बैतडी गएको थिएँ । हामी धनगढीसम्म हवाईजहाजमा र यसपछि जिपबाट त्यसतर्पm लाग्यौँ । यस पटकको ड्राइभर रमाइलो खालको प¥यो, त्यसो भएर बाटो सजिलै अनि रमाइलो तरिकाले कटाउन पाइयो । धनगढीदेखि १८ किमिको दूरीमा अत्तरिया चौबाटो पुगेपछि गोदावरीतर्पm लाग्यौँ । गोदावरी सुन्दर सुदूरपश्चिमको प्रस्तावित प्रदेश केन्द्र पनि हो । त्यहाँको पार्कमा केही समय विरचण गरेपछि सुदूरपश्चिमका अलि अप्ठ्यारा लेकमध्येको एक भासुको लेक कटेर सहजपुर पुग्नै लाग्दा सल्लेरी वनको आनन्द लिन पाइयो । बुडर पुगेपछि बिहानको खाना खायौँ । बुडरबाट महाकाली किनारतर्पmको जोगबुढा जाने बाटो छुट्टिने रहेछ । त्यसपछि बाटोभरि ठाउँठाउँमा गुराँसका रुख हेर्दै यात्रालाई अगाडि बढायौँ । यस क्रममा डडेल्धुराको बजार हुँदै उग्रताराको दर्शन गर्न पुग्यौँ ।
स्थलगत विज्ञापन जसलाई नेपालमा होर्डिङ बोर्डको नामले चिनिन्छ । विश्वभर यसलाई बाह्य विज्ञापन, घर बाहिरको विज्ञापनलगायत विभिन्न नामले चिन्ने गरिएको छ । स्थलगत विज्ञापन भन्नाले कुनै स्थान विशेषमा राखिएको प्रचार सामग्रीलाई जनाउँछ, जसलाई देख्न वा हेर्न सोही स्थानमा पुग्नु पर्छ । यो सञ्चारको प्रभावकारी माध्यम पनि हो । मानिसको जमघट हुने स्थान वा सार्वजनिक स्थानमा राखिने यस्ता विज्ञापनले मानिसलाई गन्तव्य वा बाटो देखाउन, वस्तु वा सेवा पाउने स्थान थाहा पाउन र कुनै वस्तु, सेवा वा ब्राण्डको बारेमा जानकारी गराउने कार्य गर्छ । स्थलगत विज्ञापन वा होर्डिंङ बोर्डले डिजिटल बोर्ड, विल बोर्ड, ग्लो साइन बोर्ड, लाइट बोर्ड, टु डी तथा थ्री डी बोर्डलगायत पर्चा, पम्प्लेट, पोस्टर, भित्ते लेखनका साथै कुनै कार्यालय, पसल वा अन्य स्थलमा राखिने परिचयपाटीसमेतलाई बुझाउँछ ।
उदयपुरमा आगलागीबाट एकै घरका दुई बालबालिकाको शुक्रबार जलेर मृत्यु भएको छ । जिल्लाको रौतामाई गाउँपालिका वडा नं. ८ पाँबु पाखाटोलस्थित स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा निजकी ६ वर्षीया छोरी जस्मिन मगर र उनकै भाइ २ वर्षीय रोजन मगरको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले बताउनुभयो ।
विभिन्न देशका नागरिक विभिन्न उद्देश्य लिएर रमाइलो गर्नका लागि देश विदेश घुमफिर गर्छन् भने तिनीहरूलाई पर्यटकको रूपमा सम्बोधन गरिएको हुन्छ । विशेषत पर्यटकको विभिन्न उद्देश्यमा हिमाल चढ्ने, प्राकृतिक रमझमको दृश्यावलोकन गर्ने, कोही अनुसन्धान तथा अन्वेषण गर्न, धार्मिक क्षेत्र अवलोकन गर्ने विचारले घुमफिर गर्न नेपाल आउने गरेको हुन्छ । बहुल विविधताले भरिपूर्ण नेपाल विश्वभरिकै पर्यटन क्षेत्रका लागि आकर्षणको केन्द्रबिन्दु रहिआएको छ । भौगोलिक, जातीय एवं सांस्कतिक, धार्मिक, जैविक, भाषिक विविधताले पनि नेपाल विश्वका लागि भ्रमणका लागि मनमोहक स्थानको रूपमा रहेको छ । हाल यहाँ विदेशबाट आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन-चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जङ्गबहादुर राणा (कुँवर) २९ वर्षको उमेरमा प्रधानमन्त्री र प्रधानसेनापति भए । त्यसपछि उनका परिवारका सदस्य, नातागोता एवं प्रियजनले विभिन्न पद पाए । कोतपर्व भनिएको हत्याकाण्डमा आफ्ना प्रमुख विरोधीलाई मारेर सर्वशक्तिमान बनेका जङ्गबहादुरको आत्मवृत्तान्त लेख्ने उनका छोरा पद्मजङ्गले जङ्गबहादुरको कालखण्डको सजीव चित्रण गरेका छन् । जङ्गबहादुरले गरेका कर्मको विश्लेषण गर्दै केही इतिहासकारले सही र गलत कर्मका कारण कुनै व्यक्ति इतिहासको पात्र बन्न सक्छ भनेका छन् ।
गरिबको खानाका रूपमा हेला गर्ने र सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्ने गरेको कोदोलाई सन् २०२३ भरि कोदोजन्य वर्षका रूपमा विश्वभरि मनाइरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएकोे प्रस्तावमा संयुक्त राष्ट्रसङ्घ साधारण सभाको ७५औंँ सेसनले पारित गरेबमोजिम सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेसनल इयर अफ मिलेट्स २०२३)का रूपमा मनाइरहेको छ । भारत सरकारले सन् २०२१ मा गरेको सो प्रस्तावमा विभिन्न ७२ वटा देशले समर्थन गरेका थिए । त्यसमध्ये एक नेपाल पनि हो । नेपालले पनि ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली’ मूल नाराका साथ सन् २०२३ लाई कोदोजन्य वर्षका रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । भारत–नेपालबीच कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो । दुई देशबीचको कृषि सहकार्यलाई निरन्तरता दिँदै नेपालस्थित भारतीय दूतावासले नेपालमा सन् २०२३ को वर्षभरि नै विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाउने भएको छ । विश्वमै भारत सबभन्दा बढी कोदो उत्पादन गर्ने देशमा
अर्थतन्त्रमा स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीमा शुक्रबार आयोजित दोस्रो अर्थशास्त्री सम्मेलनका वक्ताले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रबाट मुलुकले खाजेको समृद्धि प्राप्त नहुने बताउनुभएको हो । कार्यक्रममा नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबै गम्भीर हुनुपर्ने समय आएको बताउनुभयो । अर्थतन्त्र र विकासका सम्बन्धमा वडाध्यक्षदेखि प्रधानमन्त्री सबैलाई विशेष किसिमको तालिम नै आवश्यक परेको उहाँको भनाइ थियो । अर्थतन्त्रमा संरचनात्मक समस्या नै भएकाले त्यसलाई बदल्न जरुरी रहेको उहाँले बताउनुभयो ।