• ९ मंसिर २०८१, आइतबार

उज्यालो मार्गतिर पर्यटन

blog

विभिन्न देशका नागरिक विभिन्न उद्देश्य लिएर रमाइलो गर्नका लागि देश विदेश घुमफिर गर्छन् भने तिनीहरूलाई पर्यटकको रूपमा सम्बोधन गरिएको हुन्छ । विशेषत पर्यटकको विभिन्न उद्देश्यमा हिमाल चढ्ने, प्राकृतिक रमझमको दृश्यावलोकन गर्ने, कोही अनुसन्धान तथा अन्वेषण गर्न, धार्मिक क्षेत्र अवलोकन गर्ने विचारले घुमफिर गर्न नेपाल आउने गरेको हुन्छ । बहुल विविधताले भरिपूर्ण नेपाल विश्वभरिकै पर्यटन क्षेत्रका लागि आकर्षणको केन्द्रबिन्दु रहिआएको छ । भौगोलिक, जातीय एवं सांस्कतिक, धार्मिक, जैविक, भाषिक विविधताले पनि नेपाल विश्वका लागि भ्रमणका लागि मनमोहक स्थानको रूपमा रहेको छ । हाल यहाँ विदेशबाट आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । 

नेपालमा पर्यटन उद्योगको इतिहास वि.सं २००७ को प्र्रजातन्त्रको आएको सात वर्षपछि मात्र पर्यटन उद्योगमा ध्यान दिएको पाएको छ । सरकारी क्षेत्रबाट २०१४ साल (सन् १९५७) देखि उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत एउटा पर्यटन विकास बोर्डको गठन गरियो । यसको मूल उद्देश्य नै पर्यटन उद्योगको सम्भाव्यता, पर्यटकीय स्थानको विकास, विदेशी मुद्रा आर्जन र देशको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्य लिई पर्यटन विकास सम्बन्धमा केही कदम चालियो । यस्तै २०१८ सालमा आएर तत्कालीन निर्माण, सञ्चार तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विभागको नामले एक छुट्टै विभाग खडा गरियो । पछि २०३३ साल फागुन महिनामा छुट्टै पर्यटन मन्त्रालयको गठन गरियो । नेपालले विश्वमै पर्यटन उद्योगको विकासमा एक महìवपूर्ण उद्योगको रूपमा अघि बढायो । पर्यटन व्यवसाय बिस्तारै उज्यालो भविष्यतिर अघि बढेको छ । 

नेपालमा पर्यटकको आगमन दिनहुँ बढ्दै जानुको मुख्यकारण नै नेपाल प्रकृतिको क्रीडास्थल र यहाँ विभिन्न आकर्षक कलाकौशल नै मुख्य हुन् । प्रकृतिले वरदान दिएको हिमाली शृङ्खला नेपालको उत्तरी सिमानाको रूपमा बाह्रै महिना हिउँले ढाकिएको सेता चाँदीझैँ टल्किरहने हुनाले यसले पर्यटकका लागि निकै आकर्षक केन्द्र बनेको छ । उत्तरी भेगको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नै लटरम्म पेटीको रूपमा फैलिएको यस हिमाली आकर्षकले गर्दा नेपाल आउन लालायित छन् । विदेशी पर्यटक यस मनोरम दृश्य हेर्नका लागि मात्र हजारौँ डलर खर्च गर्न हिचकिचाउँदैनन् । 

विश्वको सर्वोच्च शिखर सगरमाथा मात्रै होइन आठ हजार मिटरभन्दा बढी उचाइमा भएका थुप्रै हिमशृङ्खला नेपालको भूमिमा छन् । कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनासलु, अन्नपूर्ण आदि नेपालभित्रै पर्छन् । यही हिमशृङ्खला पग्लेर नेपालका प्राकृतिक नदी नालाहरू बिस्तारै हिउँको रूपमा अविरल रूपमा नागबेली लगाउँदै बगेको मनामोहक दृश्यले पर्यटकलाई झन् आकर्षित तुल्याएको छ । यहाँको विभिन्न प्रकारका वनजङ्गल आफ्नै महìवका छन् । 

चुरे तथा दून क्षेत्रमा बाह्रै महिना हरियो रहिरहने उष्ण सदावहार वनसम्पदा तराईको उत्तरी भूभाग र महाभारत पहाडको तल नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्म नै फैलिएको चारकोसे झाडी निकै महìवपूर्ण छ । यस प्रकृतिको वरदान मानिने वन जङ्गलभित्र बाघ हात्ती, गैँडा, चितुवा, बान्दर, बन्देल, हरिण आदिको दृश्यावलोकनले पर्यटक अझ आकर्षित छन् । यति मात्र होइन यहाँं पाइने विभिन्न पशुपन्छीको सुमधुर आवाज नौरङ्गी डाँफे र मयुरदेखि हजारौँ सङ्ख्याको प्रजाति अन्य पन्छीको अन्य आरक्षस्थल आ–आफ्नै किसिमको विशेषताले यो देशमा पर्यटकका लागि निकै महìवपूर्ण स्थानको रूपमा छ । यहाँको हावापानी पनि सबै धु्रवका लागि उपयुक्त रहेको छ ।

नेपाल विश्वको सुन्दर देश मध्ये नेपाल पर्छ । यहाँ प्राकृतिक विशेषताले ओतप्रोत देश बनेको छ । यहाँ विभिन्न आकर्षक तालजस्तै पोखराको फेवाताल, रूपाताल, बेगनास ताल, मुगुको रारा ताल, मनाङको तिलिचोताल, पाल्पाको फोकसुन्डो ताललगायत रहेका छन् । अरू ससाना तालहरू अनगिन्ति छन् जुन पर्यटकहरूलाई टेकिङ गर्दा मनोरञ्जन दिइरहेको हुन्छ । नेपाल प्राकृतिक वस्तुहरूको लागि मात्र होइन यहाँ हेर्नलायकका सांस्कृतिक स्थानहरू निकै प्रख्यात छन् । काठमाडौँ उपत्यकामा लिच्छविकालदेखि नै विभिन्न शैलीमा निर्माण गरिएका मन्दिर, प्राचीन स्मारक, कलाकौशल तथा चाडपर्व उत्तिकै चर्चित मानिन्छन् । वर्षभरि नै चल्ने चाडपर्व, जात्राहरू र परम्परागत स्वागत सत्कार र सद्भावनाले गर्दा पर्यटक आउने गरेका छन् । यहाँ पाइने धेरैजसो सम्पदा विश्व सम्पदा सूचीमा परिसकेका छन् । युनेस्कोबाट सन् १९९७ मा विश्व सम्पदा सूचीमा राखिएका महìवपूर्ण स्थान नेपाल भूमि रहेको प्रमुख स्थानमा बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुधर्मको चारधाममा एकधाम पशुपतिनाथ, विश्व सर्वोच्च शिखर प्रसिद्ध सगरमाथा, चितवन राष्टिय निकुञ्ज, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, बौद्धनाथ, चाँगुनारायण, स्वयम्भू स्तुप, विश्व सर्वोच्च शिखर सगरमाथा, चितवन राष्टिय निकुञ्ज आदि छन् । 

नेपाल जस्तो गाउँ नै गाउँले भरिएको पहाडी मुलुक भएकाले हाल ग्रामीण पर्यटनले विशेष स्थान लिँदै आएको छ । ग्रामीण पर्यटक भन्नाले गाउँमा जाने जोसुकैलाई पनि लिन सकिन्छ जो अन्तर्राष्टिय पर्यटक या आन्तरिक पर्यटकको रूपमा मान्छ । ग्रामीण समुदायको रहनसहन एवं त्यहाँको भौगोलिक वातावरणको परिचय दिने खालको कार्यक्रम बनाए यसतर्फ पर्यटकहरू आकर्षित गर्न सकिन्छ । नेपालको ग्रामीण क्षेत्रकोे भौगोलिक अवस्था एवं ऐतिहासिक पृष्ठभूमिअनुसार सांस्कृतिक प्राकृतिक दुवै खाले पर्यटक आकर्षण दिन सक्छन् । सांस्कृतिकअन्तर्गत ऐतिहासिक दृृश्यावलोकन, चाडपर्व मेलापात अन्य विभिन्न क्रियाकलाप हेर्न सकिन्छ । यहाँ शेर्पाको नाचसँंगै डाँफेको नाच, गुरुङको रोदीसँगै हरिणको पट्का मार्ने, थारूको गायनसँंगै गैँडा र हात्तीको लचकलचक हिँडाइले मनमोहक बनाएको हुन्छ । बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुहरूको आराध्य देव पशुपतिनाथको दर्शनार्थ पर्यटक नेपाल आउने गर्छन् । त्यस्तै प्राकृतिक दृश्यावलोकन गर्नका साथै अन्य मनोरञ्जन क्रियाकलापमा पिकनिक, क्याम्पिग, माछा मार्ने, पौडी खेल्ने, साइकल चढ्ने, टेकिड्, शिकार खेल्ने, चराको अवलोकन गर्ने, पौडी खेल्ने, डुङ्गा चढ्ने, क्यानोइन, -याफ्टिङ, बन्जीजम्प आदि आउँछन् । नेपालमा होमस्टे पर्यटन उद्योगको चाहना बढेको पाइन्छ । घान्द्रुक, घले गाउँ, चित्लाङ, गोसाइकुण्ड अन्य पहाडी इलाकामा होमस्टेका लागि पर्यटकीय स्थानको रूपमा रोचक बन्न पुगेको छ । वास्तवमा अचेल ग्रामीण पर्यटनले अर्थतन्त्रमा निकै टेवा पु-याउने सुअवसर दिँदै आएको छ । यसबाट रोजगारीको अवसर, कृषिजन्य वस्तुको उपभोगमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयता पु-याउँदै आएको छ । 

नेपालमा सन् २०१९ सालमा करिब दस लाख २० हजार पर्यटक भित्रिएको तथ्याङ्क थियो । पर्यटन उद्योगबाट नेपालको अर्थतन्त्रमा दुई प्रतिशत जी.डी.पी बढाएको छ  तर पछि विश्वमा कोभिड सुरु भएलगतै सन् २०२० देखि पयर्टक आउन सकेनन् । तर २०२२ देखि नेपालमा विस्तारै पर्यटक आउन थालिएपछि यसको बजार वृद्धि हुन गई पर्यटन उद्योगको भविष्य विस्तारै उज्यालोतर्फ अघि बढेको छ । तैपनि पर्यटन उद्योगको विकासका लागि रुस र युक्रेनको लामो युद्धले पर्यटन उद्योगमा निकै धक्का परिरहेको छ । 

नेपालमा पर्यटन उद्योगको विकासले देशको आर्थिक, सामाजिक तथा समष्टिगत विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसबाट विदेशी मुद्रा आर्जन, रोजगारीको अवसर, घरेलु उद्योगको विकास मानव स्रोतको विकास, व्यापार वृद्धि र संस्कृति आदानप्रदान भई देशको राजस्व अधिकतम वृद्धि हुनमा मद्दत पु-याउँछ । यसका लागि धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थलहरूको संरक्षण संवद्र्धन गर्र्न, जैविक विविधता, प्राकृतिक वातावरणको संरक्षण गर्न सकेमा पर्यटकको आगमन वृद्धि हुनेछ । यसतर्फ सरकारी र निजी गैरसरकारी क्षेत्रले पर्याप्त ध्यान दिनुपर्छ ।

लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ ।