यौनवादी लेखिकाका रूपमा आफ्नो परिचय बनाउनुभएकी कल्पना खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’ नेपालगञ्जको ऐतिहासिक रानीतलाउको किनारमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । सो उपन्यासको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार सनत रेग्मी, प्राज्ञहरू महानन्द ढकाल, शशिराम कार्की र हरिप्रसाद तिमिल्सिनाले संयुक्त रूपमा विमोचन गर्नुभयो । समालोचकहरू लेकप्रसाद प्याकुरेल र चरित्रा शाहले कृतिमा समेटिएका विषयवस्तु, लेखन शैली र उपन्यासले दिन खोजेको सन्देशमाथि चर्चा गर्नुभएको थियो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शनिबार राजधानीमा आयोजित एक समारोहमा हिरण्यकान्त उपाध्या न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’को विमोचन गर्नुभयो ।
सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेको छ । देशका १५ जिल्लामा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान थियो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हात्तीपाइलेको औषधि खुवाउने अवधि पाँच दिन थपिएको जानकारी दिनुभयो । उहाँले ती जिल्लामा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने बताउनुभयो ।
चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो ।
गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।
दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोध्नुभयो, “तपाईंसँग भारु छ कि नेरु?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किनुभयो।
गाउँपालिका स्थापना दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शनिवार गृहजिल्ला गोरखाका दुई छुटाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।
रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको छ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको शिक्षक संघ जिल्ला कार्यसमितिको नवौं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो।
कैलालीको धनगढीमा चिकित्सकको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ।
काठमाडौं, फागुन २७ गते । आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलनबारे जानकारी दिनुभएको हो । मुख्य सचिव ढकालका अनुसार आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । द्वन्द्वकालीन मुद्दाको निक्र्यौल गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नेगरी माओवादी पृष्ठभूमि भएका दल एकजुट भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।
पाँचथर बहुमुखी क्याम्पस फिदिमको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा नेपाल विद्यार्थी सङ्घकी मुना नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ।
गायक रबिन बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ।