रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सुदूरपश्चिममा ३२ सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।
कोशी प्रदेश नामकरणको विरोधमा भएको बन्दले इलामसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २३ वर्षीया ममता नेपालीलाई कुटपिट गरेर मृत्यु भएको प्रहरीले बताएको छ ।
आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा उपाधि दौड बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई उसैको मैदानमा २-१ गोलले हरायो ।
घर परिवारका समस्या टार्न विदेसिनुभएका मोरङको पथरीशनिश्चरे– ३ का शुक्रराज तामाङ १४ वर्षदेखि साउदी अरबमा बेपत्ता हुनुहुन्छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले सफलता हात पारेको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभीर डाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ ।
सिमकोट गाउँपालिकाको योजना शाखाले एउटा योजनाका लागि एउटै समुदायका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको पाइएको छ । गाउँपालिकाले दुई महिनाको अन्तरमा घेरवारको योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको हो ।
शान्तिपुर गाउँमा एउटा गरिब किसानको परिवारमा आमाबुवा र दुईवटा छोरा माने र साने बस्ने गर्थे । धेरै गरिब परिवार भएकाले आफ्नो छोराहरूको शिक्षादीक्षाको लागि आमाबुवा अप्ठ्यारो बाटो भीरपाखा र डरलाग्दा पहाडहरू पार गरेर सहरबाट नुन बोकेर आफ्नो गाउँमा व्यापार गर्थे । त्यसै क्रममा भीरबाट खसेर एक दिन आमाबुवाको मृत्यु भयो । र सहाराविहीन भए । त्यसपछि आफ्नो पालनकर्ता नभएकाले दुवै भाइहरू गाउँ नै छोडेर सहरतिरै लागेछन् । मानेले आफूले ज्यालादारी गरेर भए पनि भाइलाई पढाउने प्रतिज्ञा गरेछ ।
धोबिनी नानीले आफ्ना साना दुई सन्तानलाई सँगै राखेर स्वस्थानी पढ्न सुरु गरी । स्वस्थानीको पुस्तक पूजा गरी, पुष्पाञ्जलि पनि लिई उसले जे जाने कि छ तेही गरी श्रद्धापूर्वक ढोगी । स्वस्थानी पढ्दै गई । सानी बच्चीले पनि आमाले पढेको सुनिरही । अनि बच्चीले आमालाई सोधी– आमा आमा ! नवराज खोलामा नुहाएर स्वस्थानी माताको प्रसाद लगाउँदा राजा हुने अवसर पाएका रहेछन् ।
बर्दिबास नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । भू–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण सम्पन्न गर्ने बर्दिबास मधेस प्रदेशकै पहिलो स्थानीय तह भएको जनाइएको छ ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई)विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।