साथीहरू तपाईंहरूले मोबाइल त पक्कै पनि चलाउनुभएको छ होला । के तपाईंहरूले मोबाइलबाट फोटो खिच्नु भएको छ ? यदि छैन भने फोटो खिच्नु होला । तपाईंहरू थुप्रै ठाउँ भ्रमण गरिसक्नु भयो होला । तपाईंहरूले भ्रमण गरेको ठाउँहरूको दृश्यको फोटो खिच्नुभयो ? म धान्द्रुक गाउँमा भ्रमण गर्न गएको थिएँ । आहा त्यो गाउँ त अति नै सुन्दर रहेछ ।
भारत जलन्धरका ४५ वर्षीय पहलवान मोहमद अलीले आफ्नो शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन गर्नुभएको छ ।
प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखोलिएपछि स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन प्रभावित भएको छ। विद्यार्थी मतदाताको फर्जी परिचयपत्र भेटिएको र निर्वाचनका बेला कतिपय प्राध्यापक तथा कर्मचारीले निर्वाचनलाई प्रभाव पार्ने गरी अवाञ्छित गतिविधि सञ्चालन गरेको आरोप विभिन्न विद्यार्थी सङ्गठनको छ।
हिमालपारिको जिल्ला मुस्ताङको चर्चित ठाउँ मार्फामा बसोबास गर्ने थकाली समुदायको महत्वपूर्ण पर्व ‘तेरमी’ बुधबारदेखि चलिरहेको छ। यो पर्व सात दिनसम्म मनाउने गरिन्छ। पहिलो दिन भेटघाट, त्यसपछिको अन्य छ दिनसम्म अन्य गतिविधिका साथै युवाको दुई समूह भाले (फो) र पोथी (म्हो) समूह बनाएर तारा खेल (आर्चरी) खेल्ने गरिन्छ।
अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छ । निर्वाचनका बेला विभिन्न राजनीतिक पार्टीका उम्मेदवारको विशेष प्राथमिकतामा पर्ने यो परियोजना चुनाव सकिएपछि ओझेलमा पर्ने गरेको छ । लुम्बिनी प्रदेशका पाँच जिल्लावासीलाई प्रत्यक्ष फाइदा पुग्ने यो बहुउद्देश्यीय आयोजनाको प्राविधिक अध्ययन सकिएको ३६ वर्ष पूरा भइसकेको छ । यो अवधिमा मुलुकभित्र भिन्नभिन्नै राजनीतिक व्यवस्था फेरिए पनि योजनाका काम अलपत्र छन् ।
साहसिक खेलका रूपमा लिइने ‘जिप लाइन’ व्यवसायले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ। रिब्दीकोट–४ स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको ‘जिप लाइन’मा रमाइलो गर्न आउने पर्यटक बढेका हुन्। दस महिनाअघिदेखि भैरवस्थान मन्दिर परिसरमा निर्माण भएपछि जिप लाइनमा चढ्न आउने पर्यटक बढेका हुन्। पाका पुस्ताको तुलनामा युवकयुवतीले जिप लाइन चढेर मनोरञ्जन लिने गरेका छन्।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्रका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। शुक्रबार औपचारिक रूपमा नगरभित्रका अति विपन्न नगरवासीको निःशुल्क स्वास्थ्य बीमा थालिएको हो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक सिर्जना पौडेलले निःशुल्क स्वास्थ्य बीमाको सम्झौता गर्दै चार जना अति विपन्नलाई बीमा कार्डसमेत उपलब्ध गराउनुभएको छ।
कर्णाली प्रदेश सरकारको विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ। प्रदेशका ७९ वटा पालिकामा शैक्षिक पूर्वाधार कार्यक्रम सुरु भएको हो। हरेक स्थानीय तहका एक सामुदायिक विद्यालय छनोट गरी त्यहाँको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि यो कार्यक्रम सुरु गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक महिना पुगे पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री कमलबहादुर शाहले गत माघ २७ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् सदस्य थप्ने योजना बनाउनुभएका मुख्यमन्त्रीले विश्वासको मत पाए पनि त्यसलगत्तै राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन आएपछि मन्त्रिमण्डल विस्तार गर्न नसक्नुभएको हो ।
मुलुकको वैदेशिक व्यापारको तस्बिर राम्रो छैन । आयात निरन्तर बढ्दो छ भने निर्यात बढ्न सकेको छैन । आयात र निर्यातबीच निकै ठूलो खाडल रहँदै आएको छ । बर्सेनि आयातको आयतनमा वृद्धि हुँदै गएको छ भने निर्यातको आँकडामा सोहीअनुरूप वृद्धि हुन सकेको पाइँदैन, बरु असाध्य न्यून छ । त्यसैले कुल गार्हस्थ्य उत्पादनमा निर्यात व्यापार बढाउने लक्ष्य पनि महत्त्वपूर्ण हुन आउँछ । यस अर्थमा निर्यात व्यापारलाई हरसम्भव प्रयत्नसहित वृद्धि गर्नु अति महत्त्वपूर्ण पक्ष हो र
सार्वजनिक सेवाको प्रभावकारिता र वितरण, मानव अधिकारको संरक्षण, सामाजिक न्यायको प्रवद्र्धन र दिगो विकास सुनिश्चित गर्न सार्वजनिक निकायहरू व्यवस्थित र सञ्चालन हुने अभ्यास, प्रक्रिया र प्रणालीसँगको अन्तरनिहित वस्तुलाई सुशासन मानिन्छ । सुशासन नेपालको संविधानको प्रस्तावनामा नै प्रयुक्त शब्दावली हो । पारदर्शिता, जवाफदेहिता, सहभागिता, कानुनको शासन, उत्तरदायित्वजस्ता सुशासनका केही प्रमुख विशेषता हुन् । सामाजिक र आर्थिक विकास प्रवद्र्धन गर्न, नागरिकको जीवनस्तरमा सुधार ल्याउन र मानव अधिकारको सम्मान र संरक्षण सुनिश्चित गर्न सुशासन आवश्यक छ । यसले नागरिक र सरकारी निकायबीचको विश्वास निर्माण गर्न, स्थायित्व र शान्ति प्रवद्र्धन गर्न अनि जवाफदेहिता र पारदर्शिताको संस्कृतिलाई बढावा दिन्छ ।
युवामा जोश हुन्छ, जाँगर हुन्छ अनि सिर्जनशीलता हुन्छ, तागत हुन्छ, जसको महìवम उपयोग गर्न सक्दा मुलुकलाई विकसित मुलुकको कोटीमा उभ्याउन सकिन्थ्यो । युवा परिवर्तनका संवाहक मात्र नभई परिवर्तनको आह्वानकर्ता पनि हुन् । समाज रूपान्तरणका लागि भूमिका निर्वाह गर्न सक्ने पक्ष पनि युवा नै हुन् भन्ने मान्यता रहिरहँदा हाम्रो भोगाइ के साँच्चिकै यस्तै छन् त भनेर विश्लेषण गर्नु आवश्यक भएको छ । अहिलेकै गतिमा युवा पलायन भइरहने हो भने के हाम्रो मुलुक बन्छ भन्ने चिन्ताको विषय बन्दै छ ।