गत आर्थिक वर्ष २०७८–७९ मा बाँके प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर पनि फरार रहेका करिब तीनसय प्रतिवादीलाई पक्राउ गरेर सजाय र जरिवाना भुक्तान गराउने काम गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार प्रहरीले अदालतबाट दोषी करार भएर कैद भुक्तान र जरिवानाबाट बच्ने आशले फरार रहेका २८१ जनालाई गत आर्थिक वर्षमा पक्राउ गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएपछि नेपाल आयाल निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन अपुग भएको भन्दै सात अर्ब ऋण सहयोग गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्दनका विषयमा विचारविमर्स भएको थियो ।
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
कैलाली जिल्ला अदालतले आर्थिक वर्ष २०७८–७९ मा एक हजार ६६४ मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०७७–७८ को जिम्मेवारी सरिआएकोसहित तीन हजार ८८ मुद्दामध्ये ५३.८८ प्रतिशत मुद्दा फछ्र्योट गरिएको हो ।
डोटीमा महिनैपिच्छे खानेतेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।
आज साउने सङ्क्रान्ति । साउनलाई हरियाली महिनाको रुपमा पनि लिने गरिन्छ ।
सरकारले द्वन्द्वकालीन घटनाका मुद्दा हेर्ने छुट्टै विशेष अदालत गठन गर्नेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयक दर्ता गरेको छ । दर्ता विधेयकले मौजुदा ऐनमा रहेका मुद्दा हेर्ने अदालत, सिफारिसको प्रक्रिया फेर्ने प्रस्ताव गरेको छ । साथै द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घन र गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाको परिभाषा बदल्ने प्रस्ताव गरेको छ ।
असारे विकासको अन्त्य गर्ने प्रतिबद्धता गरेको सुदूरपश्चिम प्रदेश सरकारले असारमा मात्रै आठ अर्ब रुपियाँभन्दा बढी बजेट खर्च गरेको छ । आव २०७८/७९ को ११ महिनामा (जेठ मसान्तसम्म) कुल बजेटको ४०.४४ प्रतिशत बजेट खर्च गरेको यो प्रदेश सरकारले असारमा मात्रै २६.३१ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म १२ अर्ब ७२ करोड ९९ लाख रुपियाँ खर्च भएको थियो । असार महिनामा भने आठ अर्ब २८ करोड १८ लाख रुपियाँ निकासा भएको सो कार्यालयले जानकारी दिएको छ । मसान्तसम्म प्रदेश सरकारले कुल खर्च २१ अर्ब एक करोड १७ लाख रुपियाँ पु¥याएको छ । असार मसान्तसम्मको खर्च प्रगति प्रतिशत ६६.७६ पुगेको छ ।
नेपाली राजनीतिमा लैङ्गिक हिंसा व्याप्त रहेको तथ्याङ्क उजागर भएको छ । विभिन्न राजनीतिक दलमा आबद्ध भएर महìवपूूर्ण जिम्मेवारीसहित कार्यरत ४९२ जना महिलामा गरिएको अध्ययन-सर्वेक्षणमा महिला हिंसाको डरलाग्दो स्थिति देखाइएको छ । अध्ययनमा ७२ जना महिला नेत्रीसँग गहन अ
खानेपानी उपभोक्ताको विरोधपछि रामपुरमा खानेपानीको महसुल घटाइएको छ । खानेपानीको महसुल अत्यधिक भएको भन्दै स्थानीय उपभोक्ताले विरोध गरेपछि रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुलमा परिवर्तन गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ । एक वर्षमा यहाँ ३६ गैँडा मरेका छन् । मरेकामध्ये दुईवटा चोरीसिकारीले मारेका हुन् भने ३६ वटा प्राकृतिक कारणले मरेको निकुञ्जका रेन्जर अजित यादवले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा चितवनमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । रेन्जर यादवले भन्नुभयो, “प्राकृतिक कारणले गैँडा मर्ने क्रम देखिएको छ । प्राकृतिक कारणले मर्नेमध्ये पनि यो वर्ष सबैभन्दा बढी एकआपसमा जुधेर मरेका छन् ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समिति (रासस)ले नेपालका सञ्चारमाध्यमहरू समाचारका लागि राससमै भर पर्नुपर्ने गरी आफूलाई विकसित गर्दै लैजानुपर्ने सुझाव दिनुभएको छ ।
धान रोपाइँको मध्य समयमा खडेरी हुँदा तराईका किसान निराश छन् । यस क्षेत्रमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन्, रोपेको धान बाली पनि सुक्न थालेको छ । वर्षा हुने आशमा किसान रात दिन आकाशतिरै हेरेर बस्न बाध्य छन् । तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन ।
कलाकार बी.आर.(बेखराम) बलामी विगत तीन दशकदेखि कला सिर्जनामा रमाइरहनुभएको छ । मकवानपुर, चित्लाङ गा.वि.स. कपुगाउँमा जन्मनुभएका कलाकार बलामीले घर, स्कुलका भित्तामा चक, कोइला, सिसाकलमले चित्र कोर्दै थालेको आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरहनुभएको छ ।