• ३ असार २०८१, सोमबार

लुम्बिनीमा म्याराथनको रौनक

blog

लुम्बिनी ‘पिस हाफ म्याराथन’ प्रतियोगिता उद्घाटन गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी ओली ।

लक्ष्मण पौडेल

भैरहवा, चैत २३ गते। शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी ‘पिस हाफ म्याराथन’ प्रतियोगिता आयोजना गरिएको छ। 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आयोजित प्रतियोगिताको नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ।

प्रतियोगितामा देशभरका दुई हजार ५५० महिला र पुरुष खेलाडी सहभागी छन्। लुम्बिनीस्थित शान्ति दीपमा एमाले अध्यक्ष ओलीले बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले, विमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता उद्घाटन भएको हो। प्रतियोगिता उद्घाटन समारोहमा अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितका नेता सहभागी हुनुन्थ्यो। 

मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २१ किलोमिटरको दूरी पार गर्नेछन्। प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई एक लाख ५० हजार, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपियाँ नगद पुरस्कार दिइने छ। महिलातर्फ प्रथम हुनेले एक लाख ५१ हजार नगद पाउने छन्।

दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कारसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो।बिहीबारै नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद्को आयोजनामा लुम्बिनीमा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गरिएको हो। सो प्रतियोगितामा सहभागी कपिलवस्तुबाट लुम्बिनी आउनेछन्। यसमा विभिन्न देशका ५० धावक सहभागी छन्।