तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहको सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले विद्युत् गृहको सुरुङ खन्ने काम शुक्रबार पूरा गरेको आयोजनाले जनाएको हो । ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम पूरा भएको आयोजनाका निमित्त प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । उक्त सुरुङ खन्ने काम सन् २०२० अगस्टदेखि सुरु भएको थियो ।
एक महिनामा दुई लाख ५० हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको तयारीस्वरूप असार १ गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले असार ३० गतेसम्म दर्ता भएकामध्ये दुई लाख ३० हजार ९९२ जना जिल्लाअन्तर्गत र १९ हजार ७३४ जना बाह्य जिल्ला दर्ता (ओडीआर)का रहेको जानकारी दिनुभयो ।
सुदूरपश्चिमको उपमहानगरपालिका धनगढीमै बेहडाबाबा मन्दिर पर्दछ । धनगढी उपमहानगरको वडा नम्बर १६ मा बेहडाबाबा पर्ने भए पनि त्यहाँ पुग्न केही समय खर्चिनै पर्छ । धनगढीबाट बेहडाबाबा जान तीनवटा रुट छन् । देवहरिया, पथरी हुँदै जाँदा १४ किलोमिटर सडक छिचोल्नुपर्छ । दोस्रो रुट बेलीहुँदै जान्छ । त्यहाँबाट १८ किलोमिटरको सडकको यात्रा गर्नुपर्छ । तेस्रो रुट धनगढी, अत्तरिया, चौमाला हुँदै ४१ किलोमिटर दूरी तय गर्नुपर्दछ । तीन रुटमध्ये पहिलो छोटो रुटबाट दुईपाङ्ग्रे साधनमा जाँदा जङ्गल धेरै पर्ने भएकाले जङ्गली जनावरको आक्रमणमा पर्ने सम्भावना रहन्छ । साथै एउटा खोलामा पुल नहुँदा मोटरसाइकल तार्न गाह्रो हुनसक्छ ।
हिमालय एयरलाइन्सले कुवेतमा उडान सुरु गरेको छ । कम्पनीले शुक्रबार राति १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि उडान भरेको हो । उक्त जहाज कुवेतबाट शनिबार बिहान ९ः१७ बजे काठमाडौँ फर्किएको छ ।
ग्रेटवालबारे सबैलाई थाहा छ । ग्रेटवाल चीनको मात्र नभई संसारको सबैभन्दा लामो पर्खाल हो । यो संसारको सातौँ आश्चर्यमा पर्दछ । यसलाई अङ्ग्रेजीमा ग्रेटवाल अफ चाइना भनिन्छ । चीनलाई विश्वसामु चिनाउने सबैभन्दा चर्चित पर्यटकीय आकर्षण हो यो । त्यसैकारण ग्रेटवाल हेर्न दिनहुँ हजारौँ चिनियाँ र विदेशी पर्यटक पुग्छन् । चीनको राजधानी बेइजिङबाट झन्डै ५० किलोमिटर उत्तर पश्चिम यात्रा गर्दै त्यहाँ दुई घण्टामा पुगिन्छ । बिहान ८ बजेदेखि अवलोकनका लागि खुल्ने ग्रेटवाल हेर्न साँझसम्मै उत्तिकै भीड हुन्छ । भीड घटेको भान हुँदैनन् ।
नुवाकोट जिल्लाका १२ स्थानीय तहको एक विदुर नगरपालिकाले शिक्षा र स्वास्थ्य र पर्यटन प्रवद्र्धन पहिलो प्राथमिकतामा राखेको छ ।नगरप्रमुखमा निर्वाचित भएपछि राजन श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएकालाई पालिकाभित्रै दिगो विकासमा लगाउने, शिक्षा, बालबालिका, कृषि क्षेत्रमा सुधार गर्ने काम गर्ने बताउनुभएको छ । विशेषतः प्रत्येक वडाको आवश्यकताका आधारमा विकास गर्ने योजनामा लागिरहेको उहाँले गोरखापत्रसँग बताउनुभयो ।
सोलुखुम्बुमा जन्मेर काठमाडौँ बसोबास गर्ने वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतको इमान, शालीनता र उच्च बौद्धिकताको पारखी धेरै छन् । ‘मुकुट’, ‘सिउँडी’ हुँदै गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेत भएका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाहरूको सम्पादन गर्नुभयो । राजनीति सँगसँगै बस्नेतको साहित्यिक व्यक्तित्व पनि उत्तिकै चम्किलो छ । उहाँ कथा, कविता, निबन्ध र संस्मरणहरूमा अब्बल कलम चलाउनु हुन्छ । साहित्यमा मात्र नभएर राजनीति, पत्रकारिता र समाज सेवामा पनि उहाँको विशेष रुचि छ । उहाँले राजनीति केन्द्रित पुस्तकहरू पनि लेख्नुभएको छ । नेपाली काङ्ग्रेसको इतिहासका दुई भागमा लेखिएको बृहद आकारको ग्रन्थ सबैले पढ्नै पर्ने कृतिका रूपमा हेर्छु म । यो इतिहास मात्र होइन यसको प्रस्तुति र शैली पनि आकर्षक छ । धेरै मिहिनेत गर्नुभएको छ यसमा उहाँले ।
यो साता नेपाली सिनेमाघरहरूमा चार नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । दुई कलिउड चलचित्र ‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ दुई बलिउड चलचित्र ‘स्याबास मिठू’ र ‘जुदा हो के भी’ प्रदर्शनमा आएका हुन् । राजबहादुर सानेको निर्देशन रहेको चलचित्र ‘सिल्ली फो’ले चारजना पात्रको जीवनमा आउने उतारचढावको कथा बताउँछ । मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह–निर्माता रहेको चलचित्रमा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछानेलगायतको अभिनय देख्न सकिन्छ ।
आफूभन्दा बलियाहरूले मिच्दा मिच्दा साँघुरिएर बित्ताभर बाँकी रहेको छ मेरो जीवनको राजमार्ग म त्यही सानो र अप्ठ्यारो बाटोमा नितान्त एक्लै, चुपचाप, ज्युँदो मुर्कट्टाझैँ
काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदामघरमा आगलागी भएको चार दिन बित्यो । तर आगलागीका कारण र क्षतिका विवरण यकिन हुन सकेको छैन । आगलागी बुधबार दिउँसो भएको थियो ।
विश्वको सातौँ अग्लो हिमाल धौलागिरि आरोहण तथा अवलोकन गर्न आउने पर्यटकहरूलाई झोलुङ्गे पुलको अभावमा ज्यान हत्केलामा राखी काठको जीर्ण र जोखिम साँघुबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ । यहाँको पर्यटकीय पदमार्गअन्तर्गत धौलागिरि गाउँपालिका – ४ मुदीदेखि आधार शिविरसम्म करिब १५ स्थानमा झोलुङ्गे पुलको आवश्यकता देखिएको छ । म्याग्दी तथा यसका सहायक खोलामा स्थानीयले बनाएका काठे साँघुबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्यान्डमा जारी सिरिजमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भयो । सिरिजको पहिलो खेलमा पनि नेपाल नामाबियासँग ४० रनले पराजित भएको थियो ।
जिल्ला अदालत सुर्खेतले दुई हजार ४०९ वटा मुद्दामध्ये एक आर्थिक वर्षमा एक हजार ७४० वटा मुद्दाको किनारा लगाएको छ । न्याय सम्पादनको यस तथ्याङ्कलाई केलाउँदा सुर्खेतमा सबैभन्दा ठूलो समस्या पारिवारिक सम्बन्धको पाइएको छ ।
नेपाल टेलिकमका सेवाको महसुलमा नयाँ दर लागू हुने भएको छ । सरकारले लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर साउन १ गतेदेखि लागू हुने गरी १० प्रतिशतमा झारिएको छ । यसले गर्दा कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा तीन प्रतिशत स्वतः घट्ने छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनलाई अझै बलियो बनाएर आगामी निर्वाचनमा जाने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै उहाँले सबैलाई साथ लिएर जानु नै अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच संविधान र लोकतन्त्रको रक्षाका लागि भएको गठबन्धन अझ सशक्त बनाउने बताउनुभयो ।