राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज हुनुभएको छ।
चैत ९ गते राति माङ्सेबुङ गाउँपालिका –५ को कार्यालयमा आगो लगाएको घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका दुई ठूला विकास साझेदार विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले छलफल गर्नुभएको छ ।
फिल्म 'नाइँ नभन्नू ल ६'को नयाँ गीत 'तलाउमा ढुङ्गा नहान' सार्वजनिक भएको छ ।
प्रहरीले मोरङबाट अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लील चलचित्रकी नायिकासँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।
चितवनको सौराहामा निजी हात्तीमाथि आक्रमण हुँदा सूँड काटिएको छ । मङ्गलबार राति करिब साढे ११ बजेतिर दीपक खतिवडाले पाल्नु भएको हात्तीमाथि नचिनेका व्यक्तिले आक्रमण गरी सूँड काटेका छन् ।
पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । बुधबार त्रिभुवन विमानस्थल हुँदै उहाँ सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज (बुधबार) छानबिन गरिँदै छ ।
गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।
उत्तरी धादिङको झार्लाङ वडा भरका नागरिकका लागि घर घरमा धारा पुर्याउने उद्देश्यले खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।
म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ ।