एनआईसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख रहेको बताउनुभएको छ । लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ आज मंगलबार यहाँ लोकार्पण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउन सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । सके सदनबाट नसके सडकबाट भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उहाँको भनाइ छ ।
ताप्लेजुङमा मङ्गलबारदेखि दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव २०७९ सुरु भएको छ।
कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१६ , बालाजुको शितला माध्यमिक विद्यालयले कार्यशाला गोष्ठी आयोजना गरेको छ।
नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु भएको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ।
साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ ।
वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगिताको पहिलो दिन महिला र पुरुषतर्फ ६ तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनका प्रमुख पाँच दलका शीर्ष नेताले आह्वान गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचन हार्छु कि भन्ने सोचबाट मुक्त भएर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ । आफू पनि सोहीअनुसार काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।