सरकारले शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड खारेज गर्ने निर्णय गरेको छ ।
पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
झापाको बिर्तामोडमा आयोजित हाफम्याराथनको उपाधि नेपाल आर्मीका सञ्जय श्रेष्ठ र सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जित्नुभएको छ ।
विधुत चोरी गरिरहेको आरोपमा मंगलबार जिल्लाको विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको छ ।
फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहोर थुपारेर विरोध जनाएको छ ।
खोटाङमा खोलै सुकाएर विधुत उत्पादन गरेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित साप्सु खोलाबाट विधुत उत्पादन गर्नेक्रममा आयोजनाले विधुत उत्पादनका क्रममा खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको हो ।
उपाधि दौडमा रहेको सातदोबाटो यूथ क्लबलाई हराउँदै जावलाखेल शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुग्नु भएको छ ।
मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिनुभएको हो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने पहल भइरहेको बताउनुभएको छ।
शिक्षण पेसासँगै गुल्मीका एक शिक्षक मौरीपालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समयपछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरीले उच्च पेसागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताउनुभएको छ ।
टोट्टनहाम र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । सोमबार राति भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ । आज (मङ्गलबार) बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले सो प्रतिवेदन पेस गर्नुभयो ।