ठेक्का लिने अनि काम नगर्ने निर्माण व्यवसायीको चरम लापरबाहीका कारण गाईघाट–दिक्तेल सडक निर्माणमा व्यापक ढिलासुस्ती भएको छ । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङ र उदयपुर जिल्ला सदरमुकाम जोड्ने गरी २०५१ सालबाट निर्माण सुरु भएको उक्त सडक २८ वर्ष बितिसक्दा पनि अझै कालोपत्रे हुन सकेको छैन ।
भोजपुरको हतुवागढीका लागि हिँडेका हामी धनकुटाको भेटेटारभन्दा अलिअगाडि एउटा होटेलमा बास बसेका थियौँ । विहानै पुनः बाटो लाग्छौँ । बाटो लाग्दालाग्दै काठमाडौँ बस्ने हिमालधन राईसँग फोनमा सम्पर्क भयो । फोन सम्पर्क गर्नुको खास कारण बाटोबारे सोध्नलाई नै हो । हाम्रो यात्राको पारा सुनेर उत्तिखेरै जङ्गिनु भयो– ‘‘के खान यत्रो बाटो लाग्नुभएको रु जानुअघि यस्सो सोध्नु पनि त पर्छ नि । जानुस् अब दिनभरको बाटो।।। । फर्कनुस्, फर्केर धरान जानुस्, र चतरातिर लाग्नुस् । अनि अरुण नदीमा मोटरबोट चढेर जाँदा हतुवागढी पुगिहालिन्छ नि, जम्मा तीन घण्टाको बाटोलाई किन दिनभर लगाउने ?’’
सिद्धार्थ बैङ्क लिमिटेडले त्रिपुुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार २५० रुपियाँ सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो । बैङ्कका तर्फबाट अजयसिंह भण्डारीले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेश सभा सञ्चालनका लागि सरकार र विपक्षी दलबीच बुधबार सहमति जुटेपछि सभा सञ्चालन भएको हो ।
साँझपख घामको चर्कोपन घट्दै जान्थ्यो । सूर्यास्तपछिको पश्चिमी क्षितिज एकदमै अर्कै खालको हुन्थ्यो । हुनत क्षितिज अहिले पनि त्यस्तै हुन्छ तर भर्खर किशोरावस्थातिर पदार्पण गरेका हामीलाई क्षितिजको त्यो दृश्य एकदम राम्रो लाग्थ्यो । हेर्न असाध्यै उत्सुक हुन्थ्यौँ । मौका मिल्दा हेथ्र्याैँ र आनन्दित हुन्थ्यौँ पनि तर अहिले न त्यस्तो लाग्छ, न हेर्दा त्यस्तै आनन्द आउँछ । हाम्रो आँगनबाट क्षितिजको त्यो दृश्य देख्न पाइन्नथ्यो । त्यो दृश्य हेर्न यताउता लाग्नुपथ्र्यो । त्यसैले हामी साँझको त्यो समयमा अलिपर गएर जान र हेरेर रमाउन खोज्थ्यौँ तर घरमा हुने बुबैको उपस्थिति र ‘साँझका पहेँला घाममा हिँड्नु हुन्न’ भनेर गर्ने निषेधले त्यसो हुन पाउन्नथ्यो । त्यसैले मौका मिल्दा मिल्दा मात्र हेर्न पाइन्थ्यो ।
पद रिक्त भएको साढे दुई वर्षपछि प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ । सत्ता गठबन्धनमा आबद्ध दलबीचको राजनीतिक समझदारीपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिनुभएको छ । सदनबाट भएको निर्देशनसँगै सचिवालयले बुधबार नै निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको छ । कार्यतालिकाअनुसार शुक्रबार उपसभामुख चयनका लागि निर्वाचन हुनेछ ।
असारको महिना सकिन लाग्दा गण्डकी प्रदेशमा रोपाइँ आधाभन्दा बढी सकिएको छ । कृषि विकास निर्देशनालय, गण्डकीका अनुसार मङ्गलबारसम्म प्रदेशमा ७० प्रतिशत रोपाइँ सकिएको छ । निरन्तर परिरहेको आकाशे पानी र सिँचाइको प्रयाप्त सुविधा हुँदा अघिल्लो वर्षको तुलनामा भन्दा अहिले बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय, गण्डकीका निमित्त प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीले विश्वविद्यालय परिसरमा आमरण अनशन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियुको नेतृत्वमा उनीहरू अनशन बसेका हुन् ।
हर कोही मान्छे जति सुुखी, निरोगी बन्ने चाहना राख्छ त्यसरी नै सबैको प्रिय पनि बन्न चाहन्छ उ । आत्मीय सम्बन्धले नै उ सबैको प्रिय पात्र बन्ने हो । अनि सबैसँगको निकटता र त्यही आत्मीय सम्बन्धले परिवार एवं आफन्तजनलगायत सबैसँगको व्यवहारमा मिठास पनि ल्याउँछ । त्यस किसिमको बानी–व्यवहार भएमा कुुनै पनि व्यक्तिमा स्वतस्फूूर्त रूपमा खुुसी जागरित हुुन्छ र त्यस प्रकारको बानी–व्यवहारले हर कोही व्यक्तिलाई सधैँ प्रफुल्ल बनाउँछ । यस्तो खुुसीपूूर्ण जीवनयापनले नै व्यक्तिको जीवनमा खुुसियाली छाउँछ अनि उ प्रायजसो प्रसन्न हुुन्छ । यसो भएमा मानिस ठूल्ठूूला काम सम्पन्न गर्न पनि उसलाई सहज हुुने र यसबाट नै मानिस स्वयंलाई आफ्नो जीवनकालमा सधँै खुुसी र निरोगी बन्न पनि सघाउ पुुग्छ । यसका लागि सुुरुदेखि नै स्वयंको असल व्यवहार र कर्म सधैँ अपेक्षित रहन्छ । त्यसैले भाइबहिनीहरू, यस्तो व्यक्तित्वको विकास गर्न पहिलो पाठशाला आफ्नै परिवार भएकोले यहीँबाट नै आफ्नो व्यवहार र असल कर्मलाई आत्मसात् गर्दै जानुुपर्छ है त ।
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ । गत वर्ष असोज, कात्तिक महिनामा परेको पानीले डडेल्धुराका सातवटा स्थानीय तहमा बालीनाली बगाएको थियो । बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल एवं पशुविज्ञ केन्द्रले सङ्कलन गरेको क्षतिको विवरणका आधारमा पीडितलाई राहत वितरण गरिन लागेको जनाइएको छ ।
समय सान्दर्भिक कथावस्तुमा निर्माण गरिएको लघुचलचित्र समय र सम्बन्ध युट्युबमा सार्वजनिक गरिएको छ । १२ मिनेट लामो लघुचलचित्रले समय दिन नसक्दा सम्बन्धमा आएको समस्यालाई प्रस्तुत गरेको छ । उत्तम अधिकारीले निर्देशन गर्न‘भएको लघुचलचित्रको कथा सञ्चारकर्मी रघुनाथ सापकोटाले लेख्नुभएको हो भने पटकथा-संवाद सुजन खतिवडाको रहेको छ । विनोद सापकोटाले छायाङ्कन गर्न‘भएको लघुकथामा नहकुल खड्काको सम्पादन रहेको छ ।
नेपाल उद्योग परिसङ्घले स्वदेशी उत्पादन प्रवद्र्धन र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी केन्द्रित गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाएको छ । मङ्गलबार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रको अहिलेको प्रतिकूलतालाई सम्बोधन हुने नीति ल्याउन सुझाव दिएको हो ।
राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउने कार्य अन्तिमचरणमा पुगेको छ ।
सर्वोच्च अदालतले १३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको सम्मान प्रदान गरेको छ । बुधबारको पूर्ण बैठकले कानुन व्यवसायी परिषद् ऐन २१ बमोजिम उपाधि प्रदान गरेको हो । ०७४ सालदेखि उपाधि प्रदान हुनसकेको थिएन । ०७६ माघबाट उपाधि दिने प्रक्रिया थालनी भए पनि विभिन्न कारणले रोकिएको थियो ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्यको सहभागितामा बुधबार वीरगञ्जमा केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा सहभागी हुन मङ्गलबार वीरगञ्ज आउनु भएका अध्यक्ष यादवले बुधबार दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठकको उद्घाटन गर्नुभएको हो ।