• २३ वैशाख २०८१, आइतबार

शैक्षिक भ्रमण

blog

विजय स्मारक मााध्यमिक विद्यालयबाट  फागुन १९ गते कक्षा ४ का हामी सम्पूर्ण विद्यार्थी शैक्षिक भ्रमणमा गोदावरी गएका थियौँ । सबै विद्यार्थी ९:३० मा विद्यालयको प्राङ्गणमा जम्मा भयौँ । 

कक्षा शिक्षक सुस्मिता राणा म्यामले हाजिरी गराउनुभयो । शिक्षकले लाइनमा उभ्याउनु भयो । सबै जानाको आइडेन्टी चेक गर्नुभयो । १०:५० मा गाडी चढ्यौँ । १ घन्टा ३० मिनेट गाडीको यात्रा गरेपछि गोदावरी पुग्यौँ । 

गोदावरीमा वनजङ्गल देख्यौँ । नाम चिनेका रुखहरू धेरै थियो । आहा कति राम्रो पो रहेछ गोदावरी गार्डेन त । साथीहरू एक पटक त घुम्नै पर्छ है । सूर्यमुखी, गुलाब, लालीगुरास, लाठोसल्लो, नीलकाँडा, हाइड्रला, सल्ला, बेसार, जिको, कनिको फल, केतुके, सिउडी, थाकल, रुद्राक्ष, लिली वाटिका, ऐँसेलु, भ्यागुतो फूल, पारिजात, वनमारा, ग्रन्सी, वनफाडा, केरा, पीपल, धनिया, चुत्रो, केली, पटुनिया, पेन्ची, एजिलिया, आरु, सुपाडी, आँप, निगालो, घिउकुमारी, क्याक्टस, निम, अम्बा, बेललगायतका सयौँ जातिका रुख र फूल मैले देख्ने र अवलोकन गर्ने अवसर पाएँ । 

घुम्दाघुम्दै भोक लागेपछि खाजा खायौँ । खाजा खाएपछि नाचगान गरी रमायौँ । त्यसपछि सबै साथी गाडी चढेर विद्यालय आइपुग्यौँ । विद्यालय पुग्दा करिब ४ बजेको थियो । त्यसपछि म घर आएँ । गोदावरीमा शैक्षिक भ्रमण पहिलो पल्ट गएकाले म निकै खुसी थिएँ । विद्यार्थीमाझ हामीले र शिक्षकहरूले पनि धेरै रमाइलो गर्नुभयो ।