पाल्पाको तानसेनबजारमा भएको सवारीसाधन पार्किङ समस्या समधान हुने भएको छ । नगरपालिकाले बजेटमै व्यवस्था गरेर अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउने निर्णय गरेसँगै समस्याको समधान हुने भएको हो ।
गण्डकी प्रदेश सरकारको बजेटमा आफन्त तथा परिवारलाई समेटेको विषयमा चर्को आलोचना बढ्दै गएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले संसद्माजवाफ दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले सभामुखसँग विशेष समय मागेर ‘बजेट कुनै व्यक्ति र परिवारले दिएको दान उपदान नभएको’ प्रस्ट पार्नुभयो । ट्रस्ट वा प्रतिष्ठानका नाममा छुट्ट्याइएको बजेटलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी पनि उहाँले दिनुभयो
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट रातारात बहुमतले पारित भएको छ ।
समयमै काम गरेको भए घोराहीको शहीदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैङ्कदेखि शहीदगेटसम्म नालासहित सडक पिच (कालोपत्रे) गर्ने काम असारमा सकिनुपर्ने हो तर कार्य जिम्मा पाएको वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले चरम लापरबाही देखायो ।
नेपालमा लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पार्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार राजधानीमा आयोजना गरेको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले सो जानकारी दिनुभएको हो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्वका कारण केही समयको अन्तरालमा दुई दुई पटक प्रतिनिधि सभा भङ्ग गरिएसँगै मुलुकमा उत्पन्न असहज राजनीतिक परिस्थितिको विगत धेरै लामो होइन । त्यो असहज परिस्थितिको निकास न्यायालयले दियो । अन्योलको अवस्थामा चुनावमा जानुु परेन । पाँच दलीय गठबन्धनबाट नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो ।
बाँकेको नेपालगञ्जस्थित मेरो प्लानेट वाटरपार्कको पौडी पोखरी (स्विमिङ पुल)मा आइतबार पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय अलतमस जरगरको ज्यान गयो । त्यसअघि असार ३ मा सिद्धार्थनगर रुपन्देहीमा रहेको होटल पौवाको स्विमिङ पुलमा डुबेर स्थानीय २५ वर्षीय सुमित तुलाधरको ज्यान गएको थियो । योसहित रुपन्देहीमा मात्र यही आर्थिक वर्षमा स्विमिङ पुलमा डुबेर चार जनाले ज्यान गुमाएका छन् ।
विश्वभरि नै बदलिँदो राजनीतिक, आर्थिक एवं कूटनीतिक क्रियाकलापमा देखिएका पछिल्ला परिदृश्यले स्वार्थपूर्ण धुव्रीकरण सिर्जना गरेका छन् । यस्तो सन्दर्भमा नेपालजस्तो भौगोलिक, सामरिक, रणनीतिक, आर्थिक रूपमा संवेदनशील मुलुकको कूटनीतिक कार्यकौशलताको परीक्षण, अपरिहार्यता र दीर्घ रूपको परिवेशलाई ज्यादै सूक्ष्म ढङ्गले अध्ययन गरिएको छ ।
आवधिक निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ । यसमा जनताले पार्टीहरूलाई परीक्षण गर्छन् । परीक्षणका आधार पार्टीका विगतका काम र भविष्यका लागि अगाडि सारिएका योजना नै हुन् । चुनावको समयमा पार्टीहरूले जनतासामु आफ्ना प्रतिबद्धता राख्न कुनै कसरत बाँकी राख्दैनन् ।
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ का बृखनारायण लिम्बूले ५७ वर्षको उमेरमा लिम्बू सिरिजङ्गा लिपि सिक्ने अवसर पाउनुभयो । बाल्यकालदेखि नै लिम्बूभाषा बोल्दै आउनुभएका उहाँलाई लिपिबारे भने जानकारी थिएन । “हाम्रो पनि लिपि हुन्छ भन्ने सुनेको थिएँ तर देखेको थिइन,” उहाँले भन्नुभयोे, “आफूले बोल्ने भाषाको लिपि सिक्न पाउँदा खुसी लागेको छ ।”
चर्चित व्यापारिक तथा आर्थिक केन्द्र हङकङ चीनको हब बनेको छ । २५ वर्षअघि चीनमा विलय भएपछि हङकङ झन् सशक्त र प्रभावशाली बनेको छ । चीन सरकारले मुलुकको अखण्डता, सार्वभौमिकता र विविधतालाई जोड दिएको छ । हङकङलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ सुरक्षा कानुन बनाई कार्यान्वयनमा ल्याइएको छ । सुरक्षा
तनहुँ सदरमुकाम दमौलीबाट छ कि.मि. पूर्वमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो आँपस्वारा । १३० घरधुरी रहेको उक्त गाउँमा गुरुङ, मगर, बाहुन, क्षेत्रीको मिश्रित बसोवास भए पनि दलितको बाहुल्यता छ । विशेष कुरा, २०७२ देखि आँपस्वारामा देशकै पहिलो दलित होमस्टे ‘आँपस्वारा सामुदायिक दलित होमस्टे’ सञ्चालन भइरहेको छ । प
हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैङ्कका अध्यक्ष प्रतापजङ्ग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै बैङ्कबीच भएको समझदारीअनुसार हिमालयन बैङ्कले अब सिभिल बैङ्कको सेयर प्रतिकित्ता ८१ रुपियाँका आधारमा कारोबार गर्नेछ ।